पश्चिमाको डरलाग्दो खेल, देश संकटमा पर्दैछ: दुर्गा प्रसाईं
२०८२ असोज ०१ बुधवार
- यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ ।’
काठमाडौं: अभियान्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फेसबुकमा भिडियो लाईभ मार्फत पछिल्लो घटनाक्रमका बारेमा आफ्नो धारणा राकेका छन्।
आज साँझ ७ बजे भिडिओ सन्देशमार्फत सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, व्यक्ति, व्यापारीका घर, भाटभटेनीमा आगजनी र लुटपाट जसले गराएको हो उसैले जिम्मा लिनुपर्ने बताएका छन् ।
आन्दोलनमा आउन खोज्दा बालेनले नआउनू भनेकाले आफू र आफ्ना कार्यकर्ता नगएको उनको जिकिर छ । भने, ‘म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि । किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नुभएको थियो । र, यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ ।’
प्रसाइले आफ्नो अभियानलाई ‘राजावादी’ भनिएकोमा आपत्ति जनाउँदै आफूहरू ‘राजावादी नभई राष्ट्रवादी’ भएको स्पष्टीकरण दिएका छन्। प्रसाईंले विगत १३ वर्षदेखि नेपालमा पश्चिमाहरूको प्रभाव र षड्यन्त्र चलिरहेको आरोप लगाएका छन्। उनले यो षड्यन्त्रको अन्तिम उद्देश्य नेपाललाई भूराजनीतिक खेलमा प्रवेश गराई ‘युक्रेन’ बनाउनु रहेको बताएका छन्।
उनले यो षड्यन्त्रलाई विगतका केही प्रमुख घटनाक्रमसँग जोडेर व्याख्या गरेका छन् जसमा राजा वीरेन्द्रसहित राजपरिवारको रहस्यमय हत्याकाण्डदेखि विवेकशील साझा पार्टी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीसम्मको उदयलाई औँल्याएका छन् ।
प्रसाईंले यी सबै घटनाक्रम नेपालबाट वैदिक सनातन धर्म र राजसंस्थाको स्थायी अन्त्य गर्न, युवा पुस्तालाई विदेश पलायन गराउन र अन्ततः नेपाललाई पश्चिमाहरूको नियन्त्रणमा लैजानका लागि भएको बताएका छन्।
उनले यो खतरनाक षड्यन्त्रबाट देश, धर्म र नागरिकको रक्षा गर्न सबै राष्ट्रवादीहरूलाई वैदिक सनातन धर्मसहितको हिन्दु अधिराज्य नेपालको संरक्षणका लागि एकजुट हुन आह्वान गरेका छन्। साथै, उनले राष्ट्रको रक्षाका लागि राजाले पनि दरिलो भएर खुट्टा टेक्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।