जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
२०८२ भाद्र ३१ मङ्गलवार
- मंगलबार पशुपतिमा शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शहिदहरुको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास रहेको भन्दै त्यसलाई साकार पार्न अग्रसर रहेको बताए ।
काठमाडौं : उर्जा, जसस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सपना पूरा गर्ने तर्फ सरकारको ध्यान गएको बताएका छन् ।
मंगलबार पशुपतिमा शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शहिदहरुको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास रहेको भन्दै त्यसलाई साकार पार्न अग्रसर रहेको बताए ।
उनले भने, ‘हाम्रा जेनजी युवा पुस्ताका भाईहरुले सुरु गरेको आन्दोलनले एउटा ठूलो परिवर्तन ल्याएको छ । उहाँहरुले देशको लागि धेरै ठूलो योगदान दिनु भएको छ । उहाँको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास छ । त्यसलाई हामीले साकार पार्नुपर्ने छ ।
उहाँहरुले उठाउनु भएको विषयलाई आगामी सरकारहरुले पनि लिएर अगाडि बढ्नुपर्ने छ । उहाँहरुले धेरै कुरा उठाउनु भएको थिएन् देशमा भ्रष्टाचार हुनुहुदैँन्, सुशासन कायम हुनुपर्छ, देशलाई आत्म निर्भरता तर्फ लानु पर्छ भन्ने जुन आशा थियो यसलाई पूरा गर्न अब हामी अगाडि बढ्नु पर्छ ।’
यस्तै, उनले देशलाई सहि दिशा तर्फ लानको लागि गम्भिर र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको पनि बताए ।
आगामि दिनहरु झन् कठिन भएको भन्दै शोकलाई शक्तिमा बदलेर काम गर्नुपर्ने पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।