गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन
२०८२ भाद्र ३१ मङ्गलवार
- गत भाद्र २३–२४ गते भएको जेनजीहरुको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले बग्गीखानामा तोडफोड सहित आगजनी गरेका थिए । आज मंगलबार मन्त्री अर्यालले आगजनीपछि कार्यालयको अनुगमन गरेका हुन् ।
काठमाडौं : गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन् ।
गत भाद्र २३–२४ गते भएको जेनजीहरुको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले बग्गीखानामा तोडफोड सहित आगजनी गरेका थिए । आज मंगलबार मन्त्री अर्यालले आगजनीपछि कार्यालयको अनुगमन गरेका हुन् ।
अवलोकन पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न नहुने भन्दै निजी तथा सार्वजनिक सम्पति जलाएर गलत काम भएको बताए ।
त्यस्तै उनले सबै स्टेकहोल्डरहरुको कुरा आएपछि ट्राफिक प्रहरी कार्यालयमा पुननिर्माणको काम अगाडि बढाउने पनि जानकारी दिए ।
उनले भने,‘हामी नेपाली हौं । यो हाम्रो मातृभूमि हो । जतिसुकै कठिन अवस्था भएपनि हामीले व्यहोर्नै पर्छ । त्यसैले अब केही कुरामा धैर्यता राख्नुपनि पर्छ । हामी सबैको उद्देश्य एउटै छ । भावना एउटै छ । देशलाई नष्ट पार्ने काम चाँही कसैले पनि गर्न हुँदैन् । अब भौतिक संरचनाको पुननिर्माण मात्र नभएर हाम्रो आचरण पद्दतीको पनि पुन निर्माण हुन सक्छ यो । यसमा सबै स्टेकहोल्डरहरुको कुरा आएपछि काम अगाडि बढाउँछौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।