युवाहरुले सुम्पेको जिम्मेवारी इमान्दार भएर पुरा गरौँ : अर्थमन्त्री खनाल

२०८२ भाद्र ३० सोमवार
सारांश
  • पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले अब आइन्दा नजानेर पनि गलत नगरी काम गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ : नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । मन्त्री खनालले पदभार ग्रहण गर्दै पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।

 

पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले अब आइन्दा नजानेर पनि गलत नगरी काम गर्न निर्देशन दिएका छन् ।

 

अर्थमन्त्री खनालले युवाहरुको बलिदानले आएको परिवर्तनलाई अगाडी बढाउन सहयोग गर्न आएको बताउदै अब हामी साच्चिनै पर्ने बताएका छन् ।

 

उनले युवाहरुले सुम्पेको जिम्मेवारीलाई अबदेखि कुनै गल्ति नगरी पुरा गर्न आफु प्रतिबद्ध रहेको बताए । उनले आगामी ६ महिना भित्र निर्वाचन गर्नैपर्ने भएकोले त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने बताए । उनले आफु सिंहदरबार छिरेको ४६ बर्ष भएको उल्लेख गर्दै आफुले यस्तो विध्वंस कहिल्लै नदेखेको बताए । उनले अब यो कालोधब्बा अर्थमन्त्रालयबाटै हटाउन शुरु गर्न कर्मचारीलाई निर्देशन दिए । साथै उनले यो काम चलाउ सरकार भएकाले नयाँ सवारी साधन नकिनेर भएका सवारी साधनले काम चलाउन आग्रह गरे । 

 

अर्थमन्त्री खनालले भ्रष्टाचार शुन्य गरेर काम गर्ने र आम जनताको सेवालाई सहज गराउन निर्देशन दिए । आफुहरु युवाहरुको प्रतिनिधि भएकाले सरकारले दिने आम जनतालाई दिने सेवा पहिला भन्दा फरक हुनैपर्नेमा जोड दिए । साथै उनले राजश्व उठाउन कडाई गर्नुपर्ने बताए ।

 

साथै अर्थमन्त्री खनालले कमर्चारी आफ्नो घरमा नआए आफु खुशी हुने समेत बताए ।   

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार