आन्लोलनमा ज्यान गएको घटनाप्रति ट्रेड युनियनहरु चिन्तित

२०८२ भाद्र २९ आइतवार
सारांश
  • आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै युनियनले उक्त घटनामा परि सहादत प्राप्त गर्नुहुने प्रदर्शनकारी र सुरक्षाकर्मीहरु प्रति भावपूर्ण श्रद्धान्जली शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना, र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना, गर्दै  मृतक परिवारजनमा उचित क्षतिपुर्तिको व्यवस्था र घाईतेहरुको निशुल्क र सिघ्र उपचारको माग गरेको छ ।

काठमाडौं : भदौ  २३ र २४ गते भएको आन्दोलनमा सरकारी पक्षबाट असावधानी ढंगबाट भएको दमनबाट प्रदर्शनकारी र सुरक्षाकर्मीको ज्यान गएको घटनाप्रति विभिन्न ६ वटा ट्रेड युनियनहरुले दुःख व्यक्त गरेका छन् ।

 

आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै युनियनले उक्त घटनामा परि सहादत प्राप्त गर्नुहुने प्रदर्शनकारी र सुरक्षाकर्मीहरु प्रति भावपूर्ण श्रद्धान्जली शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना, र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना, गर्दै  मृतक परिवारजनमा उचित क्षतिपुर्तिको व्यवस्था र घाईतेहरुको निशुल्क र सिघ्र उपचारको माग गरेको छ ।

 

युनियनले शान्तीपूर्ण प्रदर्शनको क्रममा घटेको घटनाको न्यायीक छनवीन गरि सार्वजनिक तथा ब्यक्तीगत सम्पतीको तोडफोड, लुटपाट र आगजनी गर्ने दोषीहरु पत्ता लगाई कानुनी दायरामा ल्याउन समेत राष्ट्रियस्तरका ट्रेड युनियनहरु माग गर्दै निजामती क्षेत्रमा क्रियासिल ट्रेड युनियनहरुको तर्फबाट ८ बुँदे माग गरेको छ ।

 

संयुक्त पे्रस विज्ञप्ति

 

२०८२ साल भदौ २३ र २४ गते सामाजिक संजालको निर्वाध प्रयोग, भ्रष्टाचारको अन्त्य र सुशासन लगायतका माग राखि जेन –जी पुस्ताले गरेको शान्तीपूर्ण प्रदर्शनमा सरकारी पक्षबाट असावधानी पुर्णढंगबाट भएको दमनबाट प्रदर्शनमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मी लगायतको ज्यान गएको घटनाप्रति हामी राष्ट्रियस्तरका ट्रेड युनियनहरु दुःख व्यक्त गर्दछौं ।

 

उक्त घटनामा परि सहादत प्राप्त गर्नुहुने प्रदर्शनकारी र सुरक्षाकर्मीहरु प्रति भावपूर्ण श्रद्धान्जली शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना, मृतक परिवारजनमा उचित क्षतिपुर्तिको व्यवस्था र घाईतेहरुको निशुल्क र सिघ्र उपचारको माग गर्दछौं ।

 

शान्तीपूर्ण प्रदर्शनको क्रममा घटेको घटनाको न्यायीक छनवीन गरि सार्वजनिक तथा ब्यक्तीगत सम्पतीको तोडफोड, लुटपाट र आगजनी गर्ने दोषीहरु पत्ता लगाई कानुनी दायरामा ल्याउन समेत हामी राष्ट्रियस्तरका ट्रेड युनियनहरु माँग गर्दछौं । साथै निजामती क्षेत्रमा क्रियासिल ट्रेड युनियनहरुको तर्फबाट देहाय बमोजिम गर्न गराउन सम्बद्ध पक्षहरुमा हार्दिक अपिल गर्दछौं ।

 

१. सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुमा यस गम्भिर परिस्थितिमा आफु सुरक्षित रहदै संयमित भएर आवश्यक सेवा सहजिकरण गरिदिन हुन र सम्पुर्ण स्वास्थ्यकर्मी साथीहरुलाई आन्दोलनको क्रममा घाईतेहरुको उद्धार, उपचार र सहायतामा अविचलित रहि निरन्तर लागिरहनका लागि आह्वान गर्दछौं ।

 

२. परिवर्तित सन्दर्भमा यस आन्दोलनबाट उत्पन्न परिस्थितिलाई आत्मसाथ गर्दै सम्पूर्ण राष्ट्रसेवकहरुलाई सेवा प्रवाहको लागि सुरक्षित वातावरण निर्माण गर्नको लागि आग्रह गर्दछौं । साथै सम्बद्ध पक्षसँग समन्वय गरि आ–आफ्नो क्षेत्रका कार्यालयहरुको सरसफाई तथा अभिलेखको सुरक्षा र संरक्षण गर्दै वर्तमान परिस्थितिलाई अनुकुलतामा परिणत गरि नागरिकको सेवा प्रवाहमा जुट्न सम्पूर्ण राष्ट्रसेवकहरुमा हार्दिक अनुरोध गर्दछौं ।

 

३. क्षति भएका सार्वजनिक पूर्वाधारको संरचनाहरुको पूर्णनिर्माणका लागी अधिकार सम्पन्न पूर्णनिर्माण कोष निर्माण गरि स्वेच्छिक आर्थिक सहयोगका लागि सम्बद्ध सबैमा अपिल गर्न सरकारसँग अनुरोध गर्दछौं । साथै उक्त कार्यमा सहयोग पुर्याउन हामी राष्ट्रियस्तरका सबै ट्रेड युनियनको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

 

४. मिति २०८२ भाद्र २३ र २४ गते भएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन अधिकार सम्पन्न न्यायीक आयोगको गठन र विगत देखी वर्तमानसम्म जुनसुकै व्यक्ती वा संस्थाबाट भएको अनियमितता र भष्ट्राचारको यथार्थ जाँचबुझ गरि कारबाहीको दायरामा ल्याउन र अनधिकृत सम्पत्ती राज्यकोषमा जम्मा हुने गरि उच्च स्तरिय छानबिन आयोग गठन गर्न सरकारसँग अनुरोध गर्दै उक्त कार्यमा सहयोग पुर्याउन सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौं ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार