आज मन्त्रिपरिषद विस्तार हुनसक्ने, मन्त्रीमा यी नामको छ चर्चा !
२०८२ भाद्र २९ आइतवार
- शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएकी कार्कीले आफ्नो मन्त्रिपरिषदमा केहि मन्त्री थप्ने तयारी गरेकी हुन् ।
काठमाडौँ, २९ भाद्र । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्नसक्ने सम्भावना रहेको छ । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएकी कार्कीले आफ्नो मन्त्रिपरिषदमा केहि मन्त्री थप्ने तयारी गरेकी हुन् ।
जेनजी आन्दोलनको जगमा उनीहरुकै प्रस्तावमा प्रधानमन्त्री बनेकी कार्कीले मन्त्रीको छनौट पनि उनीहरुकै सिफारिसमा गर्ने भएकी छन् । यसका लागि जेनजी समुहले आन्तरिक मतदानबाटै मन्त्री छान्ने बताएका छन् ।
नयाँ मन्त्री पनि राजनीतिक दलभन्दा बाहिरबाटै हुने छन् । हाल काठमाडौँ महानगरका पुर्व कानुनी सल्लहाकार वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल र कुलमान घिसिङको नाम मन्त्री बन्ने सूचीमा अगाडी रहेको छ । जेनजी समुहहरुले भने आफुहरुबाट कोहि मन्त्री नबन्ने र विज्ञहरुलाई सिफारिस गर्ने बताएका छन् ।
यस सरकारको प्रमुख जिम्मेवारी आगामी फागुन २१ गते आम निर्वाचन गराउने भएकाले यो सरकारमा धेरै मन्त्री नबन्ने बताइएको छ । यस सरकारले आम जनताका दैनिक सेवालाई सहज बनाउने देखि आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाको पुनर्निर्माण गर्ने जस्ता जिम्मेवारी प्राथमिकतामा रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी समुहको माग अनुसारनै प्रधानमन्त्री नियुक्त गरेर संसद विघटन गरिदिएपनि राजनीतिक दलहरुले भने राष्ट्रपतिले संसद विघटन गरेर संबैधानिक काम गरेको भन्दै असहमति प्रकट गरेका छन् । उनीहरुले संसदबाट कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले पहल नगरेको आरोप लगाएका छन् ।
अर्कोतर्फ राष्ट्रपति पौडेलले भने अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निकालेकोले सबैलाई फागुन २१ मा हुने चुनाव सम्पन्न गर्न सहयोग गर्न अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले दलहरुले संसद विघटनको विरोध गरेपछि शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्- 'देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् । तसर्थ, बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।