रविले कुनै पनि यात्राको बाधक बन्दिन भनेको अर्को दिन सुमनाले छोडिन रास्वपा

२०८२ भाद्र २९ आइतवार
सारांश
  • रास्वपा छोड्दै गर्दा सुमनाले कयौं आरोप पनि लगाएका छिन् । उनले पार्टी सभापति रवि लामिछानेलाई इंगित गर्दै गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भनेकी छन् ।

काठमाडौँ : रास्वपाकी नेतृ सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । अब उनले आफ्नो राजनीतिक बाटो स्पष्ट नगरेपनि उनले प्रधानमन्त्री सुशिला कार्कीको टिममा बसेर काम गर्ने अनुमान गरिएको छ । यसैका लागि उनले रास्वपा छोडेको विश्लेषण गरिएको छ ।

 

रास्वपा छोड्दै गर्दा सुमनाले कयौं आरोप पनि लगाएका छिन् । उनले पार्टी सभापति रवि लामिछानेलाई इंगित गर्दै गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भनेकी छन् । साथै उनले जहिलेदेखि रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको समेत बताएकी छन् । सुमनाले स्पष्ट रुपमा रास्वपामा आफूमाथि मिडिया ट्रायल गरिएको समेत आरोप लगाएकी छन् ।

 

उनले भनेकी छन्- कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अ झ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आई क्वीट, मैले पार्टी छोडेँ ।

 

यस अघि रवि लामिछानेले शनिबार आम रुपमै जेलबाट फरार भएको आरोप लागेपछि कारागार फर्किनु अघि लेखेको एक सन्देशमा पार्टी छोडेर जान चाहनेलाई बाधक नबन्ने स्पष्ट सन्देश दिएका थिए ।

 

उनले भनेका थिए- आफ्नै पार्टी परिवारभित्र का  साथीहरूप्रति मेरो कुनै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईँलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन । रास्पा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु। तर पार्टी त बन्छ बन्छ। बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले, र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार