सुमना श्रेष्ठले छोडिन् रास्वपा

२०८२ भाद्र २९ आइतवार
सारांश
  • सुमनाले गल्ति कहिल्लै नस्वीकारेको गल्तीमाथि गल्ति गरिरहेको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् । उनले आफुले पार्टी छोडेको जानकारी रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा जानकारी गराएकी छन् ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्  ।

 

सुमनाले गल्ति कहिल्लै नस्वीकारेको गल्तीमाथि गल्ति गरिरहेको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् । उनले आफुले पार्टी छोडेको जानकारी रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा जानकारी गराएकी छन् ।

 

सो ग्रुपमा उनले भनेकी छन्- कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अ झ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आई क्वीट, मैले पार्टी छोडेँ ।

 

सुमना यसअघि सुशीला कार्कीको शपथग्रहण समारोहमा समेत पुगेपछि उनले रास्वपा छोड्ने आकलन गरिएको थियो । सामाजिक सञ्जाल र मिडियामा उनले रास्वपा छोड्ने चर्चा भएपछि उनले शनिबार एक भिडियो जारी गर्दै आफुले सुशीला कार्कीलाई मन्त्री बनेर होइन पछाडीबाट सहयोग गर्ने बताएकी थिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार