रास्वपाले लुटपाट र आगजनीमा आफ्ना कार्यकर्ता संलग्न भएको प्रमाण भेटिए कारवाही गर्ने
२०८२ भाद्र २९ आइतवार
- पार्टीका सहमहामन्त्री एवम संगठन विभाग प्रमुख गणेश धिमालले आइतबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध गर्दै आवश्यक कानूनी कारबाही गर्न सहयोग गर्ने बताएको छ ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।
पार्टीका सहमहामन्त्री एवम संगठन विभाग प्रमुख गणेश धिमालले आइतबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध गर्दै आवश्यक कानूनी कारबाही गर्न सहयोग गर्ने बताएको छ ।
जेनजी आन्दोलनका क्रममा रास्वपाका कार्यकर्ताको व्यापक घुसपैठ भएरको तोडफोड र आगजनीमा संलग्न भएको आरोप आमरुपमा लागेपछि रास्वपाले यस्तो आग्रह गरेको हो ।
रास्वपाले भनेको छ-
यही मिति २०८२ भाद्र २३ र २४ गते जेन्जी ( नव युवा ) पुस्ता समूहले गरेको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण शहीदहरूमा भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ । आन्दोलनमा घाइते हुनुभएका सम्पूर्णको निशुल्क उपचारको माग गर्दछौ, साथै सहादत प्राप्त परिवारको यथोचित गाँस, बास, कपासको र जीवन निर्बाहको लागि रोजगारिको ग्यारेन्टीको लागि सरकार सङ माग गर्दछौ । जेन्जि का माग र मुद्दामा रास्वपा मधेश प्रदेश साथ सहयोग र समर्थनको प्रतिबद्धता ब्यक्त गर्दछ ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशका सबै सदस्यहरूलाई आन्दोलनको क्रममा भएको सार्वजनिक सम्पत्तिमा भएको क्षतिको सरसफाई, मर्मत संभार साथै अन्य अत्यावश्यक कार्यमा लाग्न अनुरोधको साथै निम्नानुसार निर्णय कार्यान्वयनको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
१. सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा सञ्चार गृहमा भएको तोडफोड, आगजनीको कारण तत तत जिम्मेवारीमा रहेका जिम्मेवार व्यक्तिहरुको मनोबलमा ह्रास आएको कुरा बुझेका छ तसर्थ उहाँहरुलाई सामाजिक संरक्षण र स्वीकार्यतामा सघाउ पुग्ने अभियान चलाउने ।
२. राष्ट्रिय स्वतन्त्र पार्टी कानुनी शासन निजी सम्पतिप्रतिको अधिकार जस्ता कुराको संरक्षण गर्छ। तसर्थ धाक धम्की, लुटपाट जस्ता कानुन विपरीतका काममा पार्टीका कोही पनि सदस्य संलग्नता देखिए या प्रमाणसहित कोही कसैले उजुरी दिएमा सो प्रमाण र पार्टी सदस्यको विवरण प्रशासनलाई उपलब्ध गराएर आवश्यक कारबाहीको लागि सघाउने । साथै पार्टीको साधारण सदस्य समेत नरहने गरी जिम्मेवारीबाट हटाउने ।
३. सरकारी कार्यालय, प्रहरी चौकी, विद्यालय, निजी ब्यक्तिगत सम्पत्ति र विभिन्न दलको पार्टी कार्यालयहरूमा भएको तोडफोड, आगजनी, आक्रमणको विरोधको साथै घोर भ्रत्सना गर्दछौं । त्यस्ता अवान्छित गतिविधिमा संलग्नहरूको पहिचान गरेर कानुन अनुसार कारबाहीको लागि पार्टीले सुरक्षा निकाय तथा प्रशासनलाई सघाउनेछ ।
४. सुरक्षाकर्मी राष्ट्रसेवक कर्मचारी वा आन्दोलनको क्रममा भएको क्षतिको कारण पीडितहरूको घाउमा मलम लगाउन आफ्नो दक्षता र क्षमता अनुसार सहयोग गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टी सबैमा अनुरोध गर्दछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।