जेनजी आन्दोलनमा माओवादी केन्द्रका यी नेताका घरमा तोडफोड र आगजनी
२०८२ भाद्र २८ शनिवार
- माओवादी केन्द्रले कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्ण्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको गणतन्त्र नेपालको प्रमुख संवाहक दल माओवादी केन्द्रका नेताहरू जेनजी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेको उल्लेख गरेको छ ।
काठमाडौँ : नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनका क्रममा आफ्नो पार्टीका नेताहरुको निवास तोडफोड र आगजनीको विवरण सार्बजनिक गरेको छ ।
माओवादी केन्द्रले कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्ण्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको गणतन्त्र नेपालको प्रमुख संवाहक दल माओवादी केन्द्रका नेताहरू जेनजी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेको उल्लेख गरेको छ ।
हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ र थप विवरण संकलन गर्नेक्रम जारी रहेको बताएको छ ।
१. अध्यक्ष क. प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।
२. वरिष्ठ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।
७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।
८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट।
९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।
१५. केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त
१६. केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी।
१७. केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।
१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।