घोषित मितिमै निर्वाचन गर्न नारायणकाजीको माग

२०८२ भाद्र २८ शनिवार
सारांश
  • उनले जेनजी आन्दोलनका क्रम बर्बर नरसंहारकारी दमन गर्ने र भाद्र २४ गते सिंहदरबारसहितका राष्ट्रिय महत्वका संरचना तथा व्यवासायिक, निजी संरचना र सम्पतिमाथि आक्रमण गरी ध्वंस गर्ने तत्वहरूको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

काठमाडौँ : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तरिम सरकार र संसद विघटन बारे आफ्ना चार बुँदे धारणा सार्बजनिक गरेका छन् । श्रेष्ठले अन्तरिम सरकार र संसद विघटन बारे आफ्नो धारणा राख्दै घोषित मितिमै निर्वाचन गर्न आग्रह गरेका छन् ।

 

उनले जेनजी आन्दोलनका क्रम बर्बर नरसंहारकारी दमन गर्ने र भाद्र २४ गते सिंहदरबारसहितका राष्ट्रिय महत्वका संरचना तथा व्यवासायिक, निजी संरचना र सम्पतिमाथि आक्रमण गरी ध्वंस गर्ने तत्वहरूको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् । 

 

त्यस्तै भ्रष्टाचारीहरूमाथि कारवाही गर्न र २०४७ सालदेखि सरकार, संसद र सार्वजनिक लाभका पदमा रहनेहरुको सम्पति छानविन गरेर अनियमित रुपमा आर्जित सम्पति राष्ट्रियकरण गर्न माग गरेका छन् । 

 

त्यस्तै श्रेष्ठले चौथो मागको रुपमा राष्ट्रिय सार्वभौमिकता ,संविधान र लोकतन्त्रको रक्षा प्रति सचेत रहन आग्रह गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार