सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने राष्ट्रपतिको तयारी

२०८२ भाद्र २७ शुक्रवार
सारांश
  • राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीले सिफारिश गरेकी पुर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने निष्कर्षमा पुगेका छन् ।

काठमाडौँ, २७ भाद्र । काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीले सिफारिश गरेकी पुर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने निष्कर्षमा पुगेका छन् ।

 

विहिबार दिनभर देखि राति अबेरसम्म शीतल निवासमा भएको छलफल पछि कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाएर अघि बढ्ने सहमति भएको हो ।

 

राष्ट्रपति पौडेलले शित्तल निवासमा प्रधानसेनापति अशोकराज सिग्देल, सुशिला कार्की र वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालसँग गरेको छलफलमा सो सहमति भएको बुझिएको छ । 

 

राष्ट्रपति पौडेलले जेनजी समुहले प्रस्ताव गरे अनुसारनै सुशिला कार्कीलाई आवश्यकताको सिद्धान्त अनुसार अन्तरिम प्रधानमन्त्री बनाउन लागेका छन् ।

 

अर्कोतर्फ जेनजी समुहको संसद विघटनको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा ठोस सहमति नभएको र यस बारेमा छलफल जारी रहेको बुझिएको छ । 

 

राष्ट्रपतिले राष्ट्रपति पौडेलले यसअघि विहिबार शित्तल निवासमै संबैधानिक कानुनका विज्ञ डा. विपिन अधिकारी र भीमार्जुन आचार्य लगायतसँग समेत छलफल गरेका थिए । त्यस्तै राष्ट्रपति पौडेलले संसद विघटनको समेत विषय आएकोले सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसँग समेत छलफल गरेको खुलेको छ ।

 

त्यस्तै विहिबार राति राष्ट्रपति पौडेलले प्रचण्डसँग टेलिफोन कुराकानी गरेको र कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग समेत छलफल गरेको बुझिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार