नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

२०८२ भाद्र २७ शुक्रवार
सारांश
  • कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

काठमाडौँ: नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

 

कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको मागअनुसार सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन् ।

 

राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री बनाएका छन् । उक्त धाराको उपधारा (४) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ । त्यस्तै उपधारा (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भनिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार