जेनजी युवाको माग सम्बोधन गरेर मात्र देश अगाडी बढ्छ - गगन थापा
२०८२ भाद्र २७ शुक्रवार
- महामन्त्री थापाले आफुहरुले नयाँ बन्ने प्रधानमन्त्रीलाई संबिधानसँग जोड्न र संबिधानसम्मत बनाउन आवश्यक रहेको बताएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी युवाहरुका माग सम्बोधन गरेर मात्र देश अगाडी बढ्न सक्ने बताएका छन् ।
कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री थापाले जारी गरेको भिडियोमार्फत जेनजी आन्दोलनकारीका माग अनुसार अन्तरिम सरकार बनाउन र यसका लागि आवश्यक वातावरण बनाउन कांग्रेस तयार रहेको बताएका हुन् । महामन्त्री थापाले आफुहरुले नयाँ बन्ने प्रधानमन्त्रीलाई संबिधानसँग जोड्न र संबिधानसम्मत बनाउन आवश्यक रहेको बताएका छन् ।
उनले भनेका छन्- 'अब बन्ने सरकारले नयाँ चुनाव गराउछ, पुनर्निमाणको काम गर्छ, यस आन्दोलनमा भएका तोडफोड र आगजनीको छानबिन गर्ने काम गर्ने छ । अब बन्ने सरकारलाई संबिधान सम्मत बनाउन र संबिधानसँग जोड्न आवश्यक छ ।
हामी संबिधानलाई जोगाएर, संबिधानले बाँधेर, जेनजी साथीहरुले राखेका माग अनुसार नागरिक सरकार बनाउने, २०४६ पछिका सबै को सम्पत्ति छानबिन गर्ने, अख्तियारलगायतका निकायमा अहिले रहेका पदाधिकारीको ठाउमा सहि मान्छे नियुक्त गर्नेयी कुरालाई सम्बोधन गर्ने गरी पहल गरिरहेका छौं र यसको वातावारण बनाइरहेका छौं । उनले आज साँझ सम्म सरकार बन्ने कुरा टुंगिन्छ र राजनीति फेरी लयमा फर्किन्छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।