- आज हुने छलफल जेनजी समुहको प्रमुख मागको रुपमा रहेको अहिलेको संसद विघटनमा केन्द्रित हुने छ ।
काठमाडौँ, २७ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्ने तयारी गरेपनि संसद विघटनको विषय भने अझै टुंगिएको छैन ।
विहिबार दिनभर र राति अबेरसँग प्रधानसेनापति अशोकराज सिग्देल, सुशिला कार्की र वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालसँग गरेको छलफलमा सो सहमति भएको छ ।
अब आज बिहान ९ बजे पुन छलफल हुने बताइएको छ । आज हुने छलफल जेनजी समुहको प्रमुख मागको रुपमा रहेको अहिलेको संसद विघटनमा केन्द्रित हुने छ । संबिधानबाटै जेनजीका माग सम्बोधन गर्ने प्रयास भइरहेका बेला अब संसद विघटनको विषयमा छलफल केन्द्रित भएको छ । राष्ट्रपति पौडेल संसद विघटन गर्न अहिलेसम्म सहमत नभएको स्रोतले बताएको छ ।
उनले अहिलेकै संसदलाई कायम राखेर कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएको र संसद विघटन नगर्ने विषयमा जेनजी समुहका प्रतिनिधि सहमत भएका छैनन् ।
राष्ट्रपति पौडेलले जेनजी समुह बाहेक संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग समेत छलफल गरिरहेका छन् । उनले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरिसकेका छन् । त्यस्तै सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग समेत छलफल गरेका छन् । छलफलमा प्रचण्ड र गगन थापालगायतले संबिधानका प्रावधानबाटै कार्कीलाई प्रधानमन्त्री बनाउन आफुहरु सकारात्मक रहेको बताएका थिए ।
जेनजी समूहको प्रमुख माग नै संसद् विघटन, अन्तरिम सरकार र सकेसम्म छिटो नयाँ जनादेश जाने रहेकाले यी मागलाई संबिधानको दयारा भित्र पारेर सम्बोधनको प्रयास भइरहेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।