'लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको जगमा निकास'
२०८२ भाद्र २७ शुक्रवार
- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको जगमा निकास निकाल्न उचित हुने बताएको छ ।
काठमाडौँ, २७ भाद्र । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको जगमा निकास निकाल्न उचित हुने बताएको छ ।
आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको बताएका छन् ।
आयोगले मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको बताएको छ ।
साथै राष्ट्रपतिबाट मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षार्थ आवश्यक कार्य हुने आयोगको दृढ विश्वास रहेको र वर्तमान परिस्थितिका विषयमा अन्य सरोकारवाला पक्षहरुसँग समेत आयोग निरन्तर सम्पर्कमा रहेको प्रवक्ता डा. पोखरेलले बतायेअका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।