राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

२०८२ भाद्र २३ सोमवार
सारांश
  • संघीय अम्स्द सचिवालयका अनुसार आज अपराह्न १: १५ बजेदेखि बैठक शुरु हुने तालिका रहेको छ ।

काठमाडौँ: आज संघीय संसदको राष्ट्रिय सभाको बैठक बस्दैछ ।

 

संघीय अम्स्द सचिवालयका अनुसार आज अपराह्न १: १५ बजेदेखि बैठक शुरु हुने तालिका रहेको छ ।

 

आजको बैठकमा विधायन व्यवस्थापन कार्य अन्तर्गत उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रास्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

त्यस्तै आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रास्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार