बालेनको प्रचण्डलाई कटाक्ष- एकादेशमा टिकटक पनि 'ब्यान' भएको थियो

२०८२ भाद्र २३ सोमवार
सारांश
  • काठमाडौँ महानगरका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री हुदा टिकटक प्रतिबन्ध गरेको सम्झाएका छन् ।

काठमाडौँ, २३ भाद्र । काठमाडौँ महानगरका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री हुदा टिकटक प्रतिबन्ध गरेको सम्झाएका छन् ।

 

प्रचण्डले आज हुन लागेको युवाहरुको प्रदर्शन स्वाभाविक भएको भन्दै लेखेको फेसबुक पोस्टमा कमेन्ट गर्दै बालेनले प्रचण्डमाथि कटाक्ष गर्दै एकदेशआमा टिकटक प्रतिबन्ध भएको बताएका हुन् ।

 

बालेनले एकादेशमा टिकटक पनि बन्द भएको भन्दै भनेका छन्-  एकादेशमा टिकटक पनि ब्यान भएको थियो । हजुर पिएम हुँदा पनि म मेयर नै थिए, काम हजुरबाट पनि केहि भएन कमरेड, मेरो लागि एक दिन दिएको भए म काठमाडौँ को खोला नाला फेरी दिने थिए ।

 

प्रचण्डले युवाहरुको आजको आन्दोलन बारे भनेका थिए- सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ । सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ ।

 

प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार