- ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक गोष्ठीमा बोल्दै थापाले दक्षिण एसियाका मुलुकहरूसँग तुलना गर्दा नेपाल लोकतन्त्रको हिसाबले सहज अवस्थामा रहेको बताए ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिक अवस्थालाई बिपी कोइरालाको विचारबाट मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् ।
शनिबार जननेता विश्वेश्वरप्रसाद कोइरालाको ११२ औं जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक गोष्ठीमा बोल्दै थापाले दक्षिण एसियाका मुलुकहरूसँग तुलना गर्दा नेपाल लोकतन्त्रको हिसाबले सहज अवस्थामा रहेको बताए ।
‘पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, र भारतजस्ता मुलुकसँग तुलना गर्दा नेपाल लोकतन्त्रको दृष्टिले सहज अवस्थामा छ,’ थापाले भने, ‘लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष आवधिक निर्वाचन हो र त्यही निर्वाचनबाट आएको शक्तिलाई सहज रुपमा सत्ता हस्तान्तरण गर्ने प्रक्रिया हो । नेपाल अहिले यही चक्रमा स्थापित भइसकेको छ ।’
थापाले नेपाली समाजमा बढ्दो असन्तुष्टि र बेचैनीप्रति पनि ध्यानाकर्षण गराउँदै अहिले देशभर आक्रोश र निराशा बढेको बताए ।
‘हामी सबैले महशुस गरेको कुरा नेपाली समाजमा बेचैनी व्याप्त छ,’ उनले भने, ‘पहिलाको समयमा आशा थियो नेपालमा तर अहिले व्यापक असन्तुष्टि छ । आक्रोश छ । कहीं न कहीं आगो बलेको देखिन्छ । यो समस्या नेपालको मात्रै नभइ विश्वभरी यस्तै भइरहेको छ ।’
थापाले यस्ता परिस्थितिमा बिपी कोइरालाको लोकतान्त्रिक सोच र समाजवादी दृष्टिकोणलाई आत्मसात गर्दै वर्तमान समस्याको समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’