एआई जस्ता प्रविधिको नियमन र व्यवस्थापन गर्न सरकारले छुट्टै आवश्यक कदम चाल्नुपर्छ : सभामुख घिमिरे

२०८२ भाद्र २१ शनिवार
सारांश
  • उनले यस्ता विषयको कानून निर्माणमा संसद र सरकार मात्रैको क्षमता अधुरो हुन सक्छ भन्दै यसमा विषयगत विज्ञहरु, सरोकारवालाहरुको पहल कदमी र सक्रिय सहभागिता जरुरी हुने पनि बताए ।

काठमाडौं: सभामुख देवराज घिमिरेले एआई जस्ता प्रविधिको नियमन र व्यवस्थापन गर्न छुट्टै संरचना निर्माण गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।


शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विविध क्षेत्रको ध्यान एआईको अनुसन्धान र उत्पादन विकासमा केन्द्रीत भएको बेला यसलाई नियमन गर्न छुट्टै संरचना निर्माण गर्नुपर्ने भन्दै एआई निर्माण कर्तालाई विद्यमान राष्ट्रिय र अन्तराष्ट्रिय मापदण्डको पालनामा प्रोत्साहन गर्न पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।


उनले भने, ‘विविध क्षेत्रको ध्यान एआईको अनुसन्धान र उत्पादन विकासमा केन्द्रीत भएको बेला यसको व्यवस्थित प्रयोग र उपयोगबाट नेपाल टाढा रहन सक्दैँन । प्रविधिको नियमन र व्यवस्थापन गर्न छुट्टै संरचना निर्माण गर्न र एआई निर्माण कर्तालाई विद्यमान राष्ट्रिय र अन्तराष्ट्रिय मापदण्डको पालनामा प्रोत्साहन गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने देखिएको छ ।’


यस्तै, उनले नेपाल सरकारले एआई नीति स्विकृत गरेको कुरा स्मरण गर्दै एआई नीति २०८२ स्विकृत भएको सन्दर्भमा डिजिटल नेपाल फ्रेम वर्कलाई यसले थप विस्तार गर्न सहयोग गर्ने बताए ।


उनले भने, ‘नेपाल सरकारले एआइ नीति स्विकृत गरेको कुरा स्मरण गर्दै त्यो नै एआईको विकास र प्रयोगको लागि नैतिक दिशा निर्देशनको रुपमा हामीसँग रहेको कुरा पनि स्मरण गर्न चहान्छु । नेपालले डिजिटल नेपाल फ्रेम वर्क ल्याएर डिजिटल प्रविधिको विकासमा आधार तयार गरेको छ । एआई नीति २०८२ स्विकृत भएको सन्दर्भमा डिजिटल नेपाल फ्रेम वर्कलाई थप विस्तार र समयसापेक्ष परिवर्तनको काम भईरहेको छ । समृद्ध नेपालको सपना पूरा गर्नको लागि पनि यो अवसरको रुपमा अगाडि आउन सकोस् ।’ 


साथै, उनले यस्ता विषयको कानून निर्माणमा संसद र सरकार मात्रैको क्षमता अधुरो हुन सक्छ भन्दै यसमा विषयगत विज्ञहरु, सरोकारवालाहरुको पहल कदमी र सक्रिय सहभागिता जरुरी हुने पनि बताए ।


उनले भने, ‘अपेक्षा गरेको छु । यस्ता विषयको कानून निर्माणमा संसद र सरकार मात्रैको क्षमता अधुरो हुन सक्छ । यसमा विषयगत विज्ञहरु, सरोकारवालाहरुको पहल कदमी र सक्रिय सहभागिता जरुरी हुन्छ । नेपाली युवाले नेपालमा नै बसेर संसारभर आफ्नो बजार खोज्न सक्ने यो अवसर आर्थिक हिसाबले मात्र होईन सामाजिक र राजनीतिक हिसाबले पनि महत्वपूर्ण हुन्छ । संसदले पनि समयले माग गरेका विषयलाई प्राथमिकता दिने र कानून नागरिकमैत्री हुने प्रतिबद्धता व्यक्त गर्दछ ।’


विश्वभर लोकप्रिय हँुदै गएको एआईको विकास, प्रयोग र नियमन गर्ने नेपालमा आवश्यक नीतिगत तथा कानूनी व्यवस्थाको लागि प्रयासहरु भईरहेको बेला आयोजना भएको यस सम्मेलनको नीति निर्माणमा सहयोग पुग्ने उनको भनाई छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार