- आज निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका थप तीन प्रतिवेदन पनि पेस हुने भएको छ ।
काठमाडौं: नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनको दोस्रो दिन आज (शनिबार) समूहगत छलफल गर्ने कार्यक्रम रहेको छ ।
आज निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका थप तीन प्रतिवेदन पनि पेस हुने भएको छ ।
महाधिवेशनमा पहिलो दिनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको सांगठनिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन पेस भएका थियो ।
आज स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दर्ता गराएको ३२ पृष्ठको फरक मतले प्रवेश पाउने सम्भावना पनि रहेको छ । आज ८ बजेबाट महाधिवेशन सुरु हुने र १० बजे प्रतिवेदन पेस गरिसकेर समूहगत छलफल थाल्ने गरि कार्यक्रमहरु तय भएको छ ।
विधान महाधिवेशनमा देशभरबाट दुई हजार २६ जना प्रतिनिधि र आयोजककातर्फबाट ३१५ गरी जम्मा दुई हजार ३४१ जना सहभागी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’