एमाले विधान महाधिवेशन: छलफलका लागि १० समूह विभाजन, भोलि बन्दसत्र
२०८२ भाद्र २१ शनिवार
- उनले बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूह नेताहरुले आफ्नो प्रस्तुति राख्ने र त्यसको जवाफ पार्टी अध्यक्षले दिने समेत कार्यसूची रहेको बताए ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा समूहगत छलफल जारी छ ।
ललितपुर गोदावरीस्थित सनराइज हलमा दोस्रो दिन आज महाधिवेशनमा हिजो प्रस्तुत गरिएका राजनीतिक प्रतिवेदन, विधान संशोधन सम्बन्धी प्रस्ताव र संगठन सम्बन्धी प्रस्तावमाथि छलफलको क्रम जारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘अहिले १० वटा समूहमा हिजो प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, विधान शंसोधन सम्बन्धी प्रस्ताव र संगठन सम्बन्धी प्रस्तावमाथि छलफलको क्रमको जारी छ । आज दिनभरी छलफल जारी रहनेछ ।सबै समूहहरुले आफ्नो प्रतिवेदनहरु पनि लेखन गर्नेछन् र र भोलिदेखि प्रस्तुतिको क्रम अगाडि बढ्छ ।’
साथै उनले आइतबार (भोली) ८ बजेदेखि विधान महाधिवेशनको बन्दसत्र आह्वान हुने बताए । उनले बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूह नेताहरुले आफ्नो प्रस्तुति राख्ने र त्यसको जवाफ पार्टी अध्यक्षले दिने समेत कार्यसूची रहेको बताए ।
‘भोलि ८ बजेदेखि बन्दसत्र आह्वान भएको छ । बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूह नेताहरुले आफ्नो प्रस्तुति राख्नु हुनेछ । ति प्रस्तुतिहरुपछि पार्टी अध्यक्षले त्यसको जवाफ दिनेछन्,’ उनले भने, ‘ र कुनै मुद्दामा विवाद भएमा त्यसमा निर्णयार्थ प्रस्तुत गरेर एउटा प्रक्रियाबाट निष्कर्षमा पुर्याउने काम हुन्छ । त्यसपछि समसामयिक घटनाक्रममा आधारित भएर केही महत्वपूर्ण प्रस्तावहरु पारित भएपछि अधिवेशन समाप्त हुन्छ ।’
महाधिवेशनको पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा.पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेपछि समूहगत छलफल थालेका हुन् । प्रतिनिधिलाई समूहगत छलफलका लागि १० समूहमा विभाजन गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।