माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान कास्कीबाट पुनः शुरू
२०८२ भाद्र २१ शनिवार
- प्रचण्डले पार्टी रूपान्तरणसँगै जनतासँगको सम्बन्ध सुदृढ अभियानलाई अघि बढाइरहेको बताए ।
पोखरा: नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान कास्कीबाट पुनः शुरू गरेको छ ।
शनिबार कास्कीको रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित सहिद पार्कमा सहिद चन्द्रप्रसाद खनालको सालिकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माल्यार्पण गर्दै अभियान पुनः आरम्भ गरेका हुन् ।
प्रचण्डले सहिदको त्याग र तपस्याकै कारणले संविधान र गणतन्त्र प्राप्त भएको बताउदै आफू पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न खोजे पनि तेस्रो पटक प्रधानमन्त्री हुँदा मात्र त्यो कार्य सम्पन्न गर्न सफल भएको बताएका थिए ।
उनले सत्य निरूपण तथा मेलमिलाप आयोगले न्यायका लागि काम गरिरहेको जानकारी दिँदै प्रचण्डले पार्टी रूपान्तरणसँगै जनतासँगको सम्बन्ध सुदृढ अभियानलाई अघि बढाइरहेको बताए ।
गत जेठ २ गते बैतडीको पाटनबाट शुरू भएको अभियान बर्खाको मौसमका कारण जेठ १० गते पोखरा पुगेर स्थगित भएको थियो । त्यसपछि साउन १६ र १७ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान शुरू गर्ने निर्णय गरे अनुसार अभियान शुरु गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’