मानव बेचविखन सम्बन्धि अपराधलाई जरैदेखि उन्मुलन गर्न आवश्यक

२०८२ भाद्र २० शुक्रवार
सारांश
  • शुक्रबार मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवस मूल समारोहमा बोल्दै उनले  मानव बेचविखन विरुद्धको कार्य मौलिक हक भएको भन्दै प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

काठमाडौं : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मानव बेचविखन तथा ओसारप्रसार कार्यलाई नियन्त्रण गरी प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व रहेको बताएका छन् । 

 

शुक्रबार मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवस मूल समारोहमा बोल्दै उनले  मानव बेचविखन विरुद्धको कार्य मौलिक हक भएको भन्दै प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

 

उनले भने, ‘नेपालको विद्यमान संविधानले कसैलेपनि बेचविखन गर्न, दास बनाउन पाइने छैन भनि मानव बेचविखन विरुद्धको कार्यलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । मानव बेचविखन तथा ओसारप्रसार  विश्वव्यापी सञ्जालका रुपमा   फैलिएको अपराधजन्य कार्य हो । यस्तो कार्यलाई नियन्त्रण गरी पीडित तथा प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हो ।’

 

उनले अन्तर्राष्ट्रिय श्रम संगठन र अन्तर्राष्ट्रिय आप्रवासन श्रमसंगठनको अनुमान अनुसार विश्वमा पाँच करोड मानिसहरु आधुनिक दासताको जीवन बिताउन बाध्य भएको बताए ।

 

मन्त्री सिंहले वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण मानव बेचविखनका दलालहरुको लागि अवसर बन्न पुगेको पनि बताए ।

 

‘गरिव, विपन्न मुलुकभित्र हुने आन्तरिक द्वन्द्व, जलवायु परिवर्तन, शिक्षा र रोजगारीका अवसरमा गिरावट आदीका कारण आधुनिक दासता र बेचविखनले प्रसय पाइरहेको अवस्था छ । वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण पनि श्रम र आप्रवासनसँग जोडिएको विषय मानव बेचविखनका दलालहरुको लागि उर्वन भूमि बन्न पुगेको छ,’ उनले भने ।

 

यस्तै, उक्त कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह (सुडी)ले मानव बेचविखनको अपराधलाई जरैदेखि उन्मुलन गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरु अनुमोदन गरी कार्यान्वयन गरिरहेको बताए ।

 

उनले भने, ‘मानव बेचविखनको अपराधलाई जरैदेखि उन्मुलन गर्न, पीडितलाई तत्काल न्याय दिलाउन र पिडकलाई कानूनी दायरामा ल्याउन सरकारले राष्ट्रिय कानूनको निर्माण तथा कार्यान्वयन र अन्तर्राष्ट्रिय महासंन्धी, आलेख, सम्झौताहरुलाई अनुमोदन गरी सोही बमोजिम कानून निमार्ण तथा परिमार्जन गर्न सस्थागत संयन्त्रको निमार्ण गरी कार्यान्वयन गरिरहेको छ ।’

 

यस्तै मन्त्री सुडीले विश्वव्यापीकरणसँगै मानव बेचविखन तथा ओसारप्रसारका स्वरुप फेरिएको भन्दै मन्त्रालयले सरकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सस्थाहरुसँग समन्वय गरी पीडितहरुको शसक्तिकरण गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार