खतिवडालाई फेरी सभापति बनाउने विषयमा रास्वपाले उठायो प्रश्न

२०८२ भाद्र २० शुक्रवार
सारांश
  • नैतिक मापदण्ड पालन गर्नुपर्ने भन्दै खतिवडालाई फेरी सभापति बनाउन खोजिएको प्रति प्रश्न उठाएका हुन् ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रामहरी खतिवडालाई सार्बजनिक सुनुवाई समितिको सभापति बनाउन लागिएको प्रति प्रश्न उठाएको छ ।

 

रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै उच्च जिम्मेवारीको पदमा नियुक्ति प्रक्रियामा नैतिक मापदण्ड पालन गर्नुपर्ने भन्दै खतिवडालाई फेरी सभापति बनाउन खोजिएको प्रति प्रश्न उठाएका हुन् ।

 

उनले जनताको सार्वभौम कानुन निर्माण गर्ने जस्तो संवेदनशील विषयमा गरिकनुनी रुपमा प्रत्यक्ष संलग्न भएर नैतिक संकटमा परि राजीनामा दिएको व्यक्तिलाई अहिले पुन: संसदीय सुनुवाई समितिको सभापति जस्तो अझ महत्वपूर्ण पदमा नियुक्त गर्ने प्रक्रियाले नैतिक आचरणमा प्रश्न खडा गरेको उल्लेख अग्रेका छन् ।

 

साथै उनले विवादस्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुन: उच्च ओहदाको जिम्मेवारी दिने कार्यले संसदको गरिमा मात्र नभएर सम्पूर्ण लोकतान्त्रिक मुल्य र मानयतामा आघात पुर्याएको अवस्था रहेको सभामुखलाई ध्यानाकर्षण गराएका छन् ।

 

यसै सन्दर्भमा रास्वपाले खतिवडाको नियुक्ति प्रक्रिया तत्काल स्थगित गर्न समेत माग गरेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार