- साथै, आउँदो निर्वाचनमा कसैले धाँधली गर्न नसक्ने भन्दै आफ्नो पार्टी सरकारमा भएको नाताले पनि धाँधली हुन नदिने उनको भनाई छ ।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीले एमालेलाई ०८४ को चुनावमा बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले एकल बहुमत ल्याउने गरी पार्टीपंक्ति अगाडि बढ्नुपर्ने भन्दै सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटी साथै कार्यकर्ताहरू परिचालन गर्ने हो भने बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताए ।
उनले भने, ‘हामी गम्भिरताका साथ मिसन ८४ को लागि अगाडि बढेका छौं । अर्थात ०८४ मा एकल बहुमत ल्याउने छौं । कम्तीमा एकल बहुमत ल्याउनुपर्छ । यदी हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटी एवन कार्यकर्ताहरू परिचालन गरेर गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि रोक्न सक्दैन, बहुमत ल्याउन सक्छौँ ।’
यस्तै, उनले एमालेमाथि जति नै असभ्य आरोपहरु लगाए पनि नेपाली जनताले पार्टीमाथि विश्वास गरेको कारण आज एमाले राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रुपमा रहेको बताए ।
उनले भने, ‘असभ्य आरोपहरु लगाएपनि नेपाली जनताले हाम्रा विरुद्धका त्यस्ता आरोपहरुलाई विश्वास गरेको छैन् । त्यसै कारण आज पार्टी सरकारमा छ । त्यसकारण राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रुपमा रहेका छौं । बहुमत कसैसँग छैन् । तर पनि पार्टी लोकप्रिय मतको हिसाबले प्रमुख पार्टी हो ।’
साथै, आउँदो निर्वाचनमा कसैले धाँधली गर्न नसक्ने भन्दै आफ्नो पार्टी सरकारमा भएको नाताले पनि धाँधली हुन नदिने उनको भनाई छ ।
उनले भने, ‘हामी सरकारमा छौँ, आउँदो निर्वाचनमा कसैले धाँधली गर्न सक्दैन, हामी पनि सरकारमा छौ र सरकारमा भएर धाँधली रोक्ने छौँ, दृढताका साथ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ । दुष्प्रभावबाट मुक्त निर्वाचन हुनेछ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।