लिपुलेकबारे स्पष्ट कुरा राखेको छु, सी जिनपिङ कन्भिन्स हुनुहुन्छ : ओली
२०८२ भाद्र २० शुक्रवार
- शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहमा उनले नेपालको भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा चीनका राष्ट्रपतिसँगको दुईपक्षीय औपचारिक वार्तामा राखेको भन्दै यसमा चीन पक्ष सकारात्मक रहेको बताए ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा नेपालको भूमिमा दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा स्पष्ट रुपमा राखेको बताएका छन् ।
शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहमा उनले नेपालको भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा चीनका राष्ट्रपतिसँगको दुईपक्षीय औपचारिक वार्तामा राखेको भन्दै यसमा चीन पक्ष सकारात्मक रहेको बताए ।
उनले भने, ‘चीन भ्रमणको क्रममा चीनका राष्ट्रपतिसँगको दुईपक्षीय औपचारिक वार्तामा मैंले अन्य विषयसँगै लिपुलेकको सम्बन्धमा भारत र चीनका बीचमा भएको सम्झौता हाम्रो भूमिबाट दुईवटा देशले व्यापारिक आदनप्रदान गर्ने भन्ने सम्झौता हाम्रो भूमिमा दुईवटा देशले गर्न मिल्दैँन् । त्यसकारण यसमा हाम्रो असहमति रहेको छ भन्ने कुरा स्पष्ट तरिकाले राखेको थिए । यो कुरा रेकर्ड भएको छ ।
चिनिया राष्ट्रपति सी जिनपिङले यसको जवाफमा नेपालको सार्वभौमसत्ताको पूरा सम्मान गर्दछौ । यसबाट तपाईहरुलाई हुन गएको आशंका हाम्रो ध्यान छ । तपाईहरुको सार्वभौमसत्तामा ध्यान छ । त्यसलाई हामी सम्पूर्ण रुपमा समर्थन गर्दछौ भन्नुभएको छ ।’
चीनको राष्ट्रपतिले सिमानाको विषय नेपाल र भारतको विषय भएको हुनाले दुईदेशले यसलाई वार्ता गरेर कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखेको पनि प्रधानमन्त्रीले सुनाएका छन् ।
साथै, उनले सीमाका बारे भारतसँग छलफल गरेर संवादमार्फत समस्याको समाधान गर्नुपर्ने भन्दै दुई देशले नेपालको भूमिबाट व्यापार गर्ने भनेपछि दुईवटै देशकाबीच आवाज उठाएको हुनाले तेस्रो देशलाई बीचमा ल्याउने काम नगरेको स्पष्ट पारे ।
कुनैपनि अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको राष्ट्रिय हित र अडान नछाड्ने भन्दै देशको हितको लागि महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट धारणका साथ अगाडि बढेको पनि उनको भनाइ छ ।
उनले भने, ‘कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो राष्ट्रिय हित र अडान छाड्ने छैनौ, बेठिक कुरा पनि गर्दैनौ । देशको हितको लागि महत्वपूर्ण भूमिका खेल्छौ र नेपालको धारण स्पष्ट रुपमा राख्न पर्छ भन्ने पनि हाम्रो पार्टीको मान्यता हो र त्यही बोकेर म हिडेको हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।