आक्रामक हस्तक्षेप बिना खेल क्षेत्रको विकास सम्भव छैन: प्रचण्ड
२०८२ भाद्र २० शुक्रवार
- अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको रूपान्तरण पार्टीको प्रभावकारी हस्तक्षेप बिना सम्भव नरहेको स्पष्ट पारे ।
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको समग्र विकासका लागि माओवादी केन्द्र र अखिल नेपाल खेलकुद महासंघले आक्रामक ढंगले हस्तक्षेप गर्न आवश्यक रहेको बताएका छन् ।
अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको रूपान्तरण पार्टीको प्रभावकारी हस्तक्षेप बिना सम्भव नरहेको स्पष्ट पारे ।
उनले भने ‘अखिल नेपाल खेलकुद महासंघको हस्तक्षेप बिना, हाम्रो एकता र गति बिना यो क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव छैन । ’
विगतमा माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय तथा परिषद् रहेका बेला खेल क्षेत्रमा गुणात्मक सुधार देखिएको उदाहरण प्रस्तुत गर्दै उनले हालको सरकार खेलकुद विकासप्रति उदासीन रहेको आरोप लगाए ।
वर्तमान सरकारले पूर्वनिर्धारित राष्ट्रिय खेलकुद कार्यक्रमहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा अवरुद्ध गर्दै आएको पनि उनको आरोप थियो ।
अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्रमा लगानी, जीवनको ग्यारेन्टी, र पेशागत वातावरण तयार गरिएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउन सक्ने धारणा व्यक्त गरे । उनले भने ‘राज्यले ध्यान दिने हो भने नेपाली युवाले विश्व रेकर्ड बनाउन सक्छन्’ ।
क्रिकेट रंगशालाहरूको निर्माण तथा तिनीहरूलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय माओवादी नेतृत्वको सरकारले गरेको उल्लेख गर्दै उनले जबजब माओवादी केन्द्रले खेलकुद मन्त्रालय सम्हाल्ने मौका पायो, तबतब खेल क्षेत्र र पूर्वाधारको विकासमा उल्लेखनीय प्रगति भएको बताए ।
सम्मेलनमा अध्यक्ष प्रचण्डले अखिल नेपाल खेलकुद महासंघलाई जनताको खेल र रूपान्तरणको अभियानको रूपमा अगाडि बढाएकोमा खुसी व्यक्त गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’