लिपुलेक बारे भारतसँग पनि स्पष्ट कुरा राख्छौं : प्रधानमन्त्री ओली
२०८२ भाद्र २० शुक्रवार
- शुक्रबार ललितपुरस्थित गोदावरीमा पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै ओलीले चीन भ्रमणको बेला राष्ट्रपति सी जीङपीङसँगको द्विपक्षीय कुराकानीका क्रममा हाम्रो भुमिबाट दुई देशले व्यापार गर्ने सम्झौता गर्न मिल्दैन भन्ने स्पष्ट रुपमा राखेको बताए ।
काठमाडौं :प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने बताएका छन् ।
शुक्रबार ललितपुरस्थित गोदावरीमा पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै ओलीले चीन भ्रमणको बेला राष्ट्रपति सी जीङपीङसँगको द्विपक्षीय कुराकानीका क्रममा हाम्रो भुमिबाट दुई देशले व्यापार गर्ने सम्झौता गर्न मिल्दैन भन्ने स्पष्ट रुपमा राखेको बताए ।
प्रधानमन्त्री ओलीले भने- 'यो कुरा रेकर्डमा छ, अडियोमा, भिडियोमा छ र नोटहरुमा छ । चिनियाँ राष्ट्रपतिले त्यसको जवाफ दिदा हामी नेपालको सार्बभौम सत्ताको पुरा सम्मान गर्दछौं । यसबाट तपाईहरुलाई हुन गएको आशंकामा हाम्रो ध्यान छ । तपाईहरुको राष्ट्रको सार्भभौमसत्तालाई तलमाथि मर्न दिइने छैन । यो विषय सीमानाको विषय नेपाल र भारतको विषय हो । तपाईहरुले यो विषय कुटनीतिक रुपमा वार्ताबाट समाधान गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।'
प्रधानमन्त्री ओलीले यो विषयको समाधान गर्ने भारतसँग नै भएको भन्दै भारतसँग यस विषयमा कुरा गर्ने बताए । उनले तेस्रो देशलाई ल्याउन खोज्यो भन्ने परेको भन्दै यस विषयमा नेपाल र भारतको बिचमा चीनलाई ल्याउन नखोजेको स्पष्ट गर्दै भारत र चीनले व्यापार सम्झौता गरेकाले चीनलाई स्पष्ट गरेको बताए । साथै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितलाई सम्झौता नगरी उठाउनुपर्ने ठाउमा सबै ठाउमा उठाउने बताएका छन् ।
साथै उनले केहि तत्वले यस विषयमा अनेकौं भ्रम छर्न खोजिएको भन्दै नेपालले सबै अन्तर्राष्ट्रिय मंचमा आफ्नो कुरा स्पष्ट रुपमा राख्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’