राजनीति ठिक हुने वित्तिकै देशले उन्नती र प्रगती गर्न सक्छ: सभामुख
२०८२ भाद्र १९ बिहीवार
- बिहीबार काठमाडौंमा पूर्वसांसद मञ्च नेपालको २६ औं स्थापना दिवसको आयोजित कार्यक्रममा उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्नसक्ने भन्दै देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताए ।
काठमाडौं : सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा पूर्वसांसद मञ्च नेपालको २६ औं स्थापना दिवसको आयोजित कार्यक्रममा उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्नसक्ने भन्दै देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताए ।
उनले भने, ‘एउटा साँचो कुरा के हो भने देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको राजनीति नै हो । राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्न सक्छ । अन्वेशण गर्न सकिन्छ र त्यसलाई प्रयोग गरेर अगाडि बढ्न सक्छ । तर राजनीति ठिक खालको हुन सकेन भने सबै क्षेत्रलाई त्यसले प्रभाव पार्छ । जुन कुरा हामीले पनि भोगेर आएका छौ ।’
यस्तै, उनले संसदले कामहरु कसरी गरिरहेको छ, कसरी गर्नुपर्छ र राजनीतिलाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ भन्ने खालको जिम्मेवारी यो मञ्चले सम्हालेको भन्दै आगामी दिनमा पनि यसरी जान आग्रह गरेका छन् ।
उनले भने, ‘यो राजनीति क्षेत्रले अहिले भइरहेको नेपालको संविधान, संविधानले राखेका राज्य र त्यसले गरेका कामहरुलाई कार्यान्वयन गर्ने सन्दर्भमा सरकार, कानून निर्माण गर्ने संसद र सरकार सञ्चालन गर्नेले कामहरु कसरी गरिरहेको छन्, कसरी गर्नुपर्छ र राजनीतिलाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ भन्ने खालको जिम्मेवारी तपाइँहरुले सम्हाल्नु भएको छ र आगामी दिनमा पनि यसरी जान आग्रह गर्न चाहन्छु ।’
पूर्व सांसदहरुलाई कुनै न कुनै खालको औषधी उपचारको सानो व्यवस्था राज्यको तर्फबाट कसरी गर्न सकिन्छ यसमा वर्तमान सरकार, मन्त्री र प्रधानमन्त्रीहरुको ध्यान कसरी तान्ने भन्ने तर्फमा लागेको पनि उनको भनाई छ ।
सोही कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले एकपटक सांसद पद गएपछि उनीहरुलाई बिर्सिने होईन्, उनीहरुले देशलाई दिएको बलिदान याद राख्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘हाम्रो लोकतन्त्रमा राम्रा कुरा हुन्छन् भनेर हामी भन्छौं । तर राम्रो कुरा भनेको व्यवहारमा लागू गर्न सकेका छौ । त्यसैले राम्रो गर्न खोज्नुपर्छ । एकपटक सांसद पद गएपछि विर्सिन मिल्दैन् । मैले पहिलादेखि यो कुरा उठाउने गरेको छु ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’