प्रत्यायोजित विधायन र कानुनबारे अध्ययन र सहकार्य आवश्यक : सभापति शर्मा
२०८२ भाद्र १९ बिहीवार
- बिहीबार बसेको समितिको बैठकमा समितिका सभापति माया प्रसाद शर्माले प्रत्यायोजित कानूनको अध्ययन, विश्लेषण र सुधार आवश्यक रहेको धारणा राखे ।
काठमाडौं : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रत्यायोजित विधायनसम्बन्धी अभ्यास र त्यसको प्रभावकारिता बारे गम्भीर छलफल गरिएको छ ।
बिहीबार बसेको समितिको बैठकमा समितिका सभापति माया प्रसाद शर्माले प्रत्यायोजित कानूनको अध्ययन, विश्लेषण र सुधार आवश्यक रहेको धारणा राखे ।
सभापति शर्माले प्रत्यायोजित विधायनले मुलुकको शासन प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको भन्दै यसबारे गहिरो अध्ययन र मूल्यांकन आवश्यक रहेको बताए । उनले भने, ‘देशमा सबैभन्दा धेरै प्रत्यायोजित कानूनले शासन चलिरहेको छ, तर ती कति उपयुक्त छन् भन्ने मूल्यांकन जरुरी छ । हामीले यसको सुरुवात गरिसकेका छौं ।’
उनका अनुसार सांसदहरू कानुनी पृष्ठभूमिबाट नआएकाले प्रत्यायोजित कानूनको जटिल पक्षमा छलफल गर्न सिमितता हुन सक्ने भएपनि समितिको सहकार्य र गम्भीर अध्ययनमार्फत समाधान खोज्न सकिने विश्वास व्यक्त गरे ।
‘पहिलो काम अध्ययन हो – के के प्रत्यायोजित कानून हुन्, कति गैरकानुनी छन्, तिनको प्रयोग कसरी भइरहेको छ ? त्यसको अन्तिम मूल्याङ्कन गरेर संशोधन वा खारेजको विषय अघि बढाउनुपर्छ ।’ सभापति शर्माले भने ।
बैठकमा समितिका अन्य सदस्यहरूले पनि प्रत्यायोजित विधायनको वर्तमान स्वरूप, त्यसको दायरा र प्रभावबारे धारणा राख्दै प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’