- पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको समुद्घाटन ११ बजे विशेष समारोहबीच गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अधिवेशनमा २०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २३४१ जना सहभागी हुनेछन् ।
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भाद्र २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । ऐतिहासिक रूपमा लिइएको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित हुनेछ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको समुद्घाटन ११ बजे विशेष समारोहबीच गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अधिवेशनमा २०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २३४१ जना सहभागी हुनेछन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजना हुने महाधिवेशनका लागि सबै तयारी पूरा भएको पार्टीले जानकारी दिएको छ । मञ्च सजावटदेखि स्वयंसेवक व्यवस्थापन, स्वास्थ्य सेवा, यातायात र झाँकी प्रदर्शनसम्मका व्यवस्थापन कार्य सम्पन्न भइसकेका छन् ।
अधिवेशनमा पार्टी अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषणसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमा नेपाली विशेषतासहितको समाजवाद स्थापनाको खाका र पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने रोडम्याप समेटिएको छ ।
पार्टी उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्, जसमा पार्टी सदस्यता वर्गीकरण, ७० वर्षे उमेर सीमा नराख्ने, २५१ सदस्यीय केन्द्रीय कमिटी, एकतिहाइ पोलिटब्यूरो र १५ पदाधिकारीको स्थायी कमिटी रहने लगायतका व्यवस्थाहरू प्रस्तावित छन् । पदाधिकारीमध्ये कम्तीमा एकजना महिला अनिवार्य हुने व्यवस्था प्रस्तावमा उल्लेख गरिएको छ ।
महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्, जसमा पार्टी निर्माणमा देखिएका चुनौती र समाधानका उपायहरू, समाजमा पार्टीप्रति विश्वास जगाउने रणनीति र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने योजना समेटिएको छ ।
महाधिवेशनमा पार्टीका विभिन्न आयोग र परिषद्का प्रतिवेदन पनि प्रस्तुत हुनेछन् । महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । प्रतिनिधि व्यवस्थापन, आवास, स्वास्थ्य, प्रचार, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक परिचालन, खाद्य र सचिवालय व्यवस्थापन, स्वागत गेट निर्माण जस्ता पक्षमा जिम्मेवारी बाँडफाँड गरिएको छ ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा पत्रकारहरूलाई महाधिवेशनको सफलताको लागि सहकार्य गर्न आग्रह गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चन्द्र भण्डारीको प्रधानमन्त्री शाहलाई आग्रह- भारतको सीमा मिचेको आधार सार्बजनिक होस्
-
राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित
-
राप्रपा विभाजित: नयाँ राष्ट्र्वादी शक्ति निर्माण गर्ने डा. धवलशमशेर राणाको घोषणा
-
संसदमा प्रधानमन्त्री शाहको जवाफप्रति महेश बस्नेतको टिप्पणी
-
राज्यको क्षमता अनुसारको बजेट ल्याएको अर्थमन्त्री डा. वाग्लेको दाबि
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।