हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ: सांसद ढकाल
२०८२ भाद्र १८ बुधवार
- बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानका पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावना अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो दल दृढ रहेको बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानका पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावना अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो दल दृढ रहेको बताएका हुन् ।
उनले भने, ‘हामी संस्कारमा सम्भावना खोजिरहेका छौं । हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौं । हामी संविधानका ति पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावनाहरु अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ, यो लोकतन्त्रलाई सुदृढ लोकतन्त्र बनाउन हाम्रो दल दृढ छ ।’
साथै, उनले भिजिट भिसाको नाममा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध आन्दोलित हुँदै गर्दा सत्ता पक्षले सुन्दै नसुनि ९५ दिन प्रतिवादमा खर्च गरिरहेको बताए ।
उनले विरोधका आवाजहरुलाई दमन गरेर सदनभित्र सिर्जनात्मक बहस गर्ने आफूहरुमाथि सदनमा नसकेर बाहिर डिपफेक भ्वाईस रेकर्डहरु छरपस्ट पारिन थालिएको बताए ।
‘हामी विगत ९५ दिनदेखी आन्दोलनरत छौं । भिजिट भिसाको नाममा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध हामी आन्दोलित हुँदै गर्दा सत्ता पक्षले सुन्दैन । सत्ता पक्षका माननिय ज्यूहरुले हामीले बोलेको दुई मिनेटका लागि यो ९५ दिन घण्टै समय प्रतिवादमा खर्च गरिरहनु भएको छ । अराजक शैलीसँग मिथ्या आरोपहरु हामी माथि लगाइराख्नु भएको छ । यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरुमाथि यो सदनभित्र नसकेर हाम्रा नेताहरुको डिपफेक भ्वाईस रेकर्डहरु छरपस्ट पारिन थालिएको छ । म यो शैली, चरित्रको निन्दा गर्न चाहन्छु । विरोधका आवाजहरुलाई दमन गरेर यो शैलीले लोकतन्त्र बलियो बन्न सक्दैन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’