जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह
२०८२ भाद्र १८ बुधवार
- बुधबार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले लगेर काम गरेको भन्दै सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लालाई सडक खुलाउने उपकरण राख्न संसदबाट अपिल गरेका छन् ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द हुदाँ पनि सरकारको ध्यान नगएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले लगेर काम गरेको भन्दै सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लालाई सडक खुलाउने उपकरण राख्न संसदबाट अपिल गरेका छन् ।
उनले भने, ‘जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द छ । सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले कोदोमा कुटो हाने जसरी त्यो सडक हानेको छ । त्यो सडक खोल्न गाह्रो भएको छ, बल्ल बल्ल खोलीएको थियो फेरि राती पहिरो आयो, त्यसकारण एउटा मात्र बाटो खुलाउने उपकरण होईन कि सडक डिभिजन कार्यालय सुर्खेत, जुम्लालाई त्यहाँ अहिले यो स्याउ आउने सिजनमा सडक खुलाउने उपकरण राख्न संसदबाट अपिल गर्न चहान्छु ।’
यस्तै, उनले प्रहरीले स्याउ ल्याउने किसानसँग सय रुपैयाँसम्म घुस मागेको भन्दै स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न पनि अपिल गरेका छन् ।
उनले भने, ‘सभामुख मार्फत गुहमन्त्रीलाई भन्न चहान्छु जुम्लाबाट स्याउ ल्याएको हो अफिम होईन ठाउँ ठाउँमा प्रहरीले चेक गरेर सय रुपैयाँसम्म घुस मागेको छ किसानसँग त्यसकारण म यहीबाट भन्न चहान्छु स्याउ ल्याएको हो र स्याउ ल्याएको गाडी कतै पनि चेक नगरियोस ।’
साथै, भिटिज भिसा प्रकरणमा निरन्तर आन्दोलनरत रहेको भन्दै आज पनि बैठक बहिष्कार गर्ने पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’