संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् : मन्त्री गुरुङ
२०८२ भाद्र १७ मङ्गलवार
- मंगलबार काठमाडौंमा आयोजित उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको पालाको कानूनले चलेको अवस्थामा यसलाई संशोधन गर्ने प्रयासमा लागेको भन्दै धेरै बाँधाहरुका कारण चाहेको जस्तो काम हुन नसकेको बताए ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१।८२ भित्र सञ्चार क्षेत्रको कानून संशोधन गर्ने काममा धेरै चुनौतीहरु आएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको पालाको कानूनले चलेको अवस्थामा यसलाई संशोधन गर्ने प्रयासमा लागेको भन्दै धेरै बाँधाहरुका कारण चाहेको जस्तो काम हुन नसकेको बताए ।
उनले भने, ‘यो हलमा रहनुभएका कतिपय मान्छे जन्मिनु पनि भएको थिएन् होला । म पनि भर्खर चारपाँच वर्षको थिए होला । त्यो बेला बनेको कानून र नीति अहिलेसम्म छ । २०२४ सालभन्दा पछि नै जन्मिनु भएको धेरै हुनुहुन्छ होला । म जन्मेको सालको कानून अहिलेसम्म थियो । रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायतको कानूनहरु सबै पुरानो राजा महेन्द्रको पालाको कानून हो । यस्तो कानूनबाट सञ्चार क्षेत्रको विकास संभव थिएन् । त्यसैले २०८१।८२ भित्र कानून संशोधन गर्न सक्छु भनेको थिए । तर त्यहाँभित्र धेरै बाधा हुँदोरहेछ । मैंले सोचे अनुसार गाडी चलेन । चाहेको जस्तो काम हुन सकेको छैन् ।’
यस्तै, उनले सरकार र राज्यको ध्यान नगएपनि विरासतको हिसाबले हुलाक क्षेत्र एकदमै महत्वपूर्ण भएको भन्दै अब यसको अवस्था परिवर्तन गर्नुपर्ने बताए ।
‘पहिलादेखि सरकार र राज्यको एकदमै ध्यानमा नपरेको ठाँउ हुलाक हो । तर विरासतका रुपमा हेर्ने हो भने एकदमै महत्वपूर्ण क्षेत्र हो । त्यसकारण यसलाई समयमा परिवर्तन गर्नुपर्छ र हुन्छ पनि । हामीले कोशिस गर्ने हो भने,’ उनले भने ।
कार्यक्रममा संचार सचिव राधिका अर्यालले मन्त्रालय मातहतका सबै निकायहरुमा सुधार गर्दै लगेको र डिजिटाइज गर्दै लगेको बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।