संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेश

२०८२ भाद्र १७ मङ्गलवार
सारांश
  • मंगलबार बसेको बैठकले समितिकी सभापति तुलसी कुमारी दाहालले समितिले पारित गरेको विधेयकको प्रतिवेदन पेश गरेकी हुन् । प्रतिनिधि सभाबाट साउन ६ गते पारित भएर राष्ट्रिय सभामा आएको यस विधेयकमा रहेको कुलीङ पिरियडमा भएको हेरफेरलाई समितिले सच्याएर २ बर्ष कायम गरेको छ ।

काठमाडौँ : संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ ।

 

मंगलबार बसेको बैठकले समितिकी सभापति तुलसी कुमारी दाहालले समितिले पारित गरेको विधेयकको प्रतिवेदन पेश गरेकी हुन् । प्रतिनिधि सभाबाट साउन ६ गते पारित भएर राष्ट्रिय सभामा आएको यस विधेयकमा रहेको कुलीङ पिरियडमा भएको हेरफेरलाई समितिले सच्याएर २ बर्ष कायम गरेको छ ।

 

सभापति दाहालले यस विधेयकमा ४३ सांसदहरुले १९३ बुँदामा संसोधन प्रस्ताव दर्ता गराएको जानकारी दिएकी छन् । १४७ दफामा रहेको यस विधेयकलाई समितिले प्रस्तावनासहित ९८ दफामा संशोधन र एक दफा र एक अनुशुची थप गरेर परिमार्जन गरेको सभापति दाहालले जानकारी दिएकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार