संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन (मस्यौदा) पारित
२०८२ भाद्र १७ मङ्गलवार
- मंगलबार बसेको समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै पारित गरिएको हो ।
काठमाडौं : विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन (मस्यौदा) पारित गरिएको छ ।
मंगलबार बसेको समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै पारित गरिएको हो ।
बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद राधेश्याम पासवनले विधेयकमा प्रशासनिक सुधार समितिलाई समावेशी समूह बनाई प्रतिवेदनमा आएपनि महिला, दलित, जनजाती, मधेशी अट्न नसकेको बताए ।
बैठकमा बोल्दै राष्ट्रिय सभाका सदस्य सुरेश कुमार आले मगरले राजपत्राङिकत तृतिय श्रेणीको पद र प्रथम श्रेणीको पदका लागि अनुभवको हकमा केही परिमार्जन गर्नुपर्ने बताए ।
‘राजपत्राङिकत तृतिय श्रेणीको पद र प्रथम श्रेणीको पदका लागि कहाँ, कहाँ संघीय निजामती सेवा, प्रदेश आदी इत्यादीमा अनुभवको हकमा क्रमश लेख्नुपर्छ । लोकसेवा आयोगमा काम गर्न पाउने व्यवस्था छ । लोकसेवा आयोगको कक्षामा कर्मचारीहरुले कक्षा लिन पाउनुपर्छ । तिनीहरुबाट कार्यालयको काममा असर पर्ला त्यसको लागि आवश्यक ऐन, कानूनको पनि व्यवस्था गर्नुपर्छ,’ उनले भने ।
सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्रालयका सचिव रविलाल पन्थले विविध सेवा र सूचना प्रविधिलाई छुट्टै राख्न सुझाव दिए ।
यस्तै बैठकलाई समापन गर्दै विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दाहालले आवश्यक परिमार्जन गरि पारित गर्न राष्ट्रिय सभामा सङ्घीय निजामती सेवा विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन (मस्यौदा) लैजाने जानकारी दिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।