हैजा महामारीको स्रोत सरकारले पत्ता लगाउँछः गृहमन्त्री लेखक

२०८२ भाद्र १६ सोमवार

वीरगन्जं: गृहमन्त्री रमेश लेखकले बारा पर्सामा देखा परेको हैजालाई राज्यको सम्पुर्ण स्रोतपरिचालन गरेर भएपनि नियन्त्रणमा ल्याइ छाड्ने बताएका छन् ।

 

उनले सुरक्षाका तीन वटै अंगमा रहेका चिकित्सक तथा विज्ञहरुलाई परिचालन गर्नु परेर भएपनि हैजाको महामारीलाई यथासिर्घ नियन्त्रणमा ल्याइने बताए ।

 

नेपाली काँग्रेस आपूर्ती तथा उपभोग्ता विभागले आइतबार वीरगन्जमा आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सुनिस्चिता उपभोक्तको अधिकारी हाम्रा चासो विषयक अन्तरकृया कार्यक्रालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वीरगन्ज र यसआसपासका क्षेत्रमा देखा परेको हैजाको संक्रमण केबाट फैलिएको हो त्यसको स्रोत सरकारले पत्ता लगाइ छाड्ने बताएका हुन् ।

 

महामारिको रुपमा बदलिएको हैजा फैलिनमा कहा चुक भएकोहो, त्यसको खोजि निती सरकारले गर्ने र त्यसकालागि आवश्यक भए विज्ञहरुको टोली समेत सरकारले परिचालन गर्न सकिने उनले जानकारी दिए ।

 

वीरगंन्जमा देखिएको जलसंकटलाई सम्बोधन गर्न सरकारले डिप वोरिङमार्फत सर्वसाधारलाई पानि वितरण गर्दा भएका कमी कमजोरिको सरकारले समिक्षा गर्ने जानकारी दिँदै मन्त्री लेखकले हैजाको प्रकोप नियन्त्रणमा कुनै कमी सरकारले बाँकि नराख्ने प्रतिबद्धता व्यक्त गरे ।


सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले  लोतकतन्त्र र गणतन्त्रको विकल्प अन्य कुनै तन्त्र हुनै नसक्ने र लोकतन्त्र मासिए मुलुकमा समाधान हुनै नसकिने द्वन्दको सुरुवात हुने खतरा रहेको गृहमन्त्री लेखकले चिन्ता व्यक्त गरे । 

 

संग्रह: नेपाल न्युज बैंक 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार