विधेयकमार्फत नीजि विद्यालयको माग सम्बोधन हुनुपर्छ: सांसद थापा
२०८२ भाद्र १४ शनिवार
- शनिबार विनायक शिक्षा निकेतन इंङ्गलिस सेकेण्डरी स्कुलको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले नीजि क्षेत्रबिना शिक्षा, स्वास्थ्य, उद्योग या कुनैपनि व्यवसायमा सम्भव नहुने पनि बताए ।
काठमाडौं: नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नीजि क्षेत्रको लगानी पनि राज्यकै लगानी भएको बताएका छन् ।
शनिबार विनायक शिक्षा निकेतन इंङ्गलिस सेकेण्डरी स्कुलको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले नीजि क्षेत्रबिना शिक्षा, स्वास्थ्य, उद्योग या कुनैपनि व्यवसायमा सम्भव नहुने पनि बताए ।
उनले राज्यले मात्र सबै कुरा गर्न नसकेको परिस्थितिमा नीजि क्षेत्रको लगानी आवश्यक रहेको भन्दै नीजिलाई राज्यले प्रोत्साहित गर्नुपर्ने औंल्याए ।
सांसद थापाले जुन देशमा नीजि क्षेत्रहरु सफल भएका छन् ती राष्ट्रहरु विकासित भएको भन्दै सरकारले शिक्षा विधेयकमा नीजि विद्यालयहरुको मागलाई सम्बोधन गर्न आग्रह गरे ।
‘वास्तवमा शिक्षा स्वास्थ्य र रोजगारी सरकारले नै र्सिजना गर्नुपर्ने थियो । निशुल्क शिक्षा, स्वास्थ्य र स्वदेशमै रोजगारी राज्य वा सरकारले गर्नुपनेए हो । तर राज्यको ध्यान पुगेको छैन् । पहुँच भन्दा बाहिरपनि नीजि विद्यालयहरु सन्चालन भइरहेका छन् र नीजि विद्यालयहरुका लागि विद्यालय शिक्षा ऐनले नीजि विद्यालयलाई वेवास्था गरिरहेको अवस्था छ,’ उनले अगाडि भने, ‘आन्दोलनमा रहेका नीजि विद्यालयहरु राज्यकै लगानी भएकाले राज्यको आँखाबाट हेर्नुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।