रास्वपा र राप्रपाद्वारा आजपनि प्रतिनिधि सभाको बैठक बहिष्कार
२०८२ भाद्र १३ शुक्रवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
काठमाडौँ, १३ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद गणेश पराजुली र राप्रपाकी सांसद ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
रास्वपा सांसद पराजुलीले लिपुलेकका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनसँग स्पष्ट कुरा राख्न आग्रह गर्दै भिजिट भिसा प्रकरणमा जारी रहेको विरोध अहिले पनि जारी रहेको बताए ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’