रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय
२०८२ भाद्र १२ बिहिवार
- रूपन्देही–३ मा हुन लागेको उपनिर्वाचनलाई लिएर बैठकले उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी र जनपक्षीय बनाउन प्रयासरत रहेको जनाएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले संगठन सुदृढीकरण, विभागीय सक्रियता, आगामी उपनिर्वाचन तयारीलगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ ।
विहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक परिवेश र पार्टीका संगठनात्मक गतिविधिबारे विस्तृत छलफल गर्दै भावी रणनीति तय गरेको हो ।
संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम र हस्ताक्षर अभियानको समीक्षासँगै आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने तयारी गरिएको बैठकले जनाएको छ ।
पार्टीका चार केन्द्रीय विभाग, केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप सक्रिय र प्रभावशाली बनाउने निर्णय बैठकबाट गरिएको छ ।
प्रदेश, जिल्ला र स्थानीय तहको संरचनालाई सुदृढ बनाउने लक्ष्यसहित वडा, पालिका र जिल्ला अधिवेशन तोकिएको तालिका अनुसार सम्पन्न गर्ने कार्ययोजना तयार पार्ने जिम्मा सम्बन्धित प्रदेश इन्चार्जलाई दिने निर्णय गरिएको छ ।
संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्तावहरू तयार पारेर सचिवालयमा पेश गर्न पनि निर्देशन दिइएको छ ।
रूपन्देही–३ मा हुन लागेको उपनिर्वाचनलाई लिएर बैठकले उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी र जनपक्षीय बनाउन प्रयासरत रहेको जनाएको छ ।
प्रारम्भिक छनोट प्रक्रियामा इमानदारीपूर्वक सहभागी ९ जना उम्मेदवारप्रति कृतज्ञता प्रकट गर्दै सबैलाई सामाजिक सद्भाव कायम राखी सहयोग गर्न आग्रह गरिएको छ । साथै, रूपन्देहीका नागरिक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई समर्थन र सहयोगका लागि धन्यवाद दिइएको छ ।
बैठकले पार्टी सञ्चालनका लागि अत्यन्त महत्वपूर्ण दुई कार्यविधिहरू प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
साथै, कृषि, स्वास्थ्य, उद्योग, वाणिज्य, श्रम, रोजगार तथा सहकारी क्षेत्रका विज्ञहरूलाई सम्बन्धित क्षेत्रमा समस्या विश्लेषण, समाधान खोजी तथा सुझावसहितको प्रतिवेदन तयार गर्ने कार्यमा संलग्न गराउने निर्णय गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।