शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव

२०८२ भाद्र १२ बिहिवार
सारांश
  • उनले शिक्षित र स्वस्थ नागरिक संसारकै शक्तिशाली जनशक्ति भएकाले देशकै ठूलो पूँजी रहेको धारणा राखे ।

काठमाडौं: पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 


बिहीबार शुभम ईन्टरनेशनल हस्पिटल प्रालिको समुद्घाटन समारोहमा बोल्दै उनले शिक्षित र स्वस्थ नागरिक रहेमात्र देशको विकास हुने भन्दै अहिले शिक्षा र स्वास्थ्य सम्बन्धी कानून नबनेको बताएका हुन् । 


उनले भने, ‘विद्धानहरु, शिक्षाविद्हरुले भनिरहनुभएको छ, राम्रो कानून आइरहेको छैन । जुन देशले शिक्षित नागरिक र स्वस्थ्य नागरिक उत्पादन गर्न सक्दैन । त्यो देश बन्न सक्दैन । कहावत छ, देशको एउटै कुराले कुन कुराले देश बनाउन सकिन्छ त्यो शिक्षा हो ।’


उनले शिक्षित र स्वस्थ नागरिक संसारकै शक्तिशाली जनशक्ति भएकाले देशकै ठूलो पूँजी रहेको धारणा राखे । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार