संवैधानिक इजलास गठनको विवाद सुल्झियो, प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने

११ भाद्र, २०८२, बुधवार
सारांश
  • त्यसपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलासमा गोलाबाट न्यायाधीशहरू तोकिने प्रस्ताव अघि सारेका थिए । तर उनको प्रस्तावमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल लगायतले असहमति जनाएपछि संवैधानिक इजलास सञ्चालनमा अवरोध खडा भएको थियो ।

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवाद अन्तत: सुल्झिएको छ । अब संवैधानिक इजलासका लागि प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने भएका छन् ।

 

यसअघि वरिष्ठताका आधारमा न्यायाधीशहरू तोकिने गरेकोमा संवैधानिक आयोगहरूमा नियुक्तसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको मतभन्दा अलग फैसला हुने स्थिति भएपछि न्यायाधीश छनोट प्रक्रियामा प्रश्न उठेको थियो ।

 

त्यसपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलासमा गोलाबाट न्यायाधीशहरू तोकिने प्रस्ताव अघि सारेका थिए । तर उनको प्रस्तावमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल लगायतले असहमति जनाएपछि संवैधानिक इजलास सञ्चालनमा अवरोध खडा भएको थियो ।
 

अब प्रधानन्यायाधीश राउत आफैँले संवैधानिक इजलास गठनका लागि अरू चार जना न्यायाधीश छनोट गर्ने भएपछि विवाद सुल्झिएको छ ।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार