- एकल उम्मेदवारी परेको न्यौपानेलाई बुधबार राज्य व्यवस्था समितिको बैठकले निर्वाचित गरेपछि उनले सभामुख देवराज घिमिरेसँग शपथ समेत लिएकी छन् ।
काठमाडौं: राज्य व्यवस्था तथा शासन समितिको सभापति कांग्रेस सांसद इश्वरी न्यौपाने निर्वाचित भएकी छन् ।
एकल उम्मेदवारी परेको न्यौपानेलाई बुधबार राज्य व्यवस्था समितिको बैठकले निर्वाचित गरेपछि उनले सभामुख देवराज घिमिरेसँग शपथ समेत लिएकी छन् ।
दलीय भागबन्डा अनुसार कांग्रेसको भागमा पारो हुनाले राज्य व्यवस्था समितिको सभापतिको लाग अन्य दलले उम्मेदवारी दिएका थिएनन् । न्यौपानेको प्रस्तावकमा कांग्रेसका सांसद रामहरी खतिवडा रहेका थिए भने समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए ।
यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा विवादमा परेपछि नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए । संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था गरिएकाले आज निर्वाचन भएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’