राज्य व्यवस्था समितीको सभापतिको चयनको छलफलमा कांग्रेस

२०८२ भाद्र ०९ सोमवार
सारांश
  • कांग्रेस प्रमुख सचेतकले आज बिहान पदाधिकारी बैठकले सभापतिको टुंगो लगाउने जानकारी दिएको बताइएको छ ।

काठमाडौँ: प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको सभापतिको चयन गर्न कांग्रेस छलफलमा रहको छ ।

 

सभामुखले समितिको सभापतिको टुंगो लगाउन कांग्रेसलाई दबाब दिएपछि आजै टुंगो लगाउने गरि कांग्रेस छलफलम जुटेको हो । कांग्रेसले पदाधिकारी बैठक बसेर समितिको सभापतिको नाम तय गर्न तयारी गरेको छ ।

 

यसैबीच सभामुखको सचिवालयका अनुसार समितिको सभापतिको निर्वाचनको सूचना आइतबार प्रकाशन गर्न सभामुखले चाहेको भएपनि कांग्रेसको अनुरोधमा रोकिएको थियो ।

 

अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले कांग्रेस प्रमुख सचेतकसँग आइतबार सभामुखले दुई पटक छलफल गरेपनि आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना रोकिदिन कांग्रेसले आग्रह गरेपछि सभामुख पछि हटेका थिए । कांग्रेस प्रमुख सचेतकले आज बिहान पदाधिकारी बैठकले सभापतिको टुंगो लगाउने जानकारी दिएको बताइएको छ ।

 

प्रतिनिधि सभा नियमावलीको १७७ को ५ अनुसार समितिको सभापति रिक्त भएको मितिले १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै सभामुखले सभापति निर्वाचनको सुचना निर्वाचन हुने दिन भन्दा ४८ घण्टा अगाडी प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार आज बिहान सभामुखले समितिको सभापतिको निर्वाचनको सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक परिस्थिति रहेको छ ।

 

समितिका तत्कालिन सभाति रामहरी खतिवडाले साउन २७ गते राजीनामा दिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार