- उनले कोही निराशावादीले कम्युनिष्ट पार्टी नै हुँदैन भन्ने भ्रम समेत बाँडेको भन्दै आशावादी भएर अगाडि बढ्न सकिने बताए ।
काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नकारात्मक मानसिकताले निराशा पैदा गर्ने हुँदा हीनभावले ग्रसित नहुन आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् ।
‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश हुने मानिसहरु कम्युनिष्ट पार्टी नै परित्याग गरेर हिड्ने भन्दै आशावादी हुन आग्रह गरेका हुन् ।
उनले भने, ‘जहिले पनि यो नकारात्मक मानसिकताका साथ हीनभावले ग्रसित भएर अघि बढ्ने काम नगर्नुस् । त्यस्ताहरुले पार लगाउँदैनन् । त्यस्ता निराशहरु पलायन हुन्छन् । संयोजन गर्ने मानिसहरु निराश बनाउने पनि छन् र आशावादीहरु पनि छन् । कम्युनिष्ट पार्टीनै परित्याग गरेर हिड्नेहरु पनि छन् ।’
उनले कोही निराशावादीले कम्युनिष्ट पार्टी नै हुँदैन भन्ने भ्रम समेत बाँडेको भन्दै आशावादी भएर अगाडि बढ्न सकिने बताए ।
उनले पार्टीभित्र सकारात्मक सन्देशमात्र दिने काम गर्नुपर्ने भन्दै पार्टी कमिटीभित्रको कुरा आन्तरिक मामिला बनाउनुपर्ने बताए ।
‘हाम्रो पार्टीका नेता कार्यकर्ताले जहिले पनि मासमा सकारात्मक सन्देश दिनुपर्छ । पार्टी कमिटिभित्र बसेर सबै कुराहरु छलफल गर्न पाइन्छ । त्यो पार्टीभित्रको आन्तरिक मामिला बनाउनुपर्छ । पार्टीभित्र बसेर छलफल गर्न सकिन्छ,’ उनले भने ।
उनले अनुशासनहीन मानिसलाई छुट दिन नसकिने भन्दै पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु फरक कुरा भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।