एमसीसी सम्झौता नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात हो: झलनाथ खनाल
२०८२ भाद्र ०९ सोमवार
- उनले साना वा ठूला कुनैपनि देश वा संस्थासँग सम्झौता गर्दा दबाबमा गर्न नुहने भएपनि एमसीसीका प्रतिनिधिले यही आएर धम्काइसकेपछि देशका लालची नेताहरु लुरुक्क परेर सही गरेको बताए ।
काठमाडौं: पूर्वप्रधानमन्त्री एवम नेकपा एकीकृतस समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता देशका नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात भएको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित काष्ठमण्डप संवाद समापन समारोहमा उनले हरेक दस्तावेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य लेखिएको भन्दै यो अत्यन्तै आत्मघाती र देशका नेताहरुले राष्ट्रप्रति गरेको भयानक राष्ट्रघात भएको बताए ।
उनले भने, ‘कुनैपनि देश, संगठन वा संस्थासँग सन्धी वा सम्झौता गर्दा अथवा अनुदान लिंदा पनि राष्ट्रिय र अन्तराष्ट्रिय कानूनलाई समेत ध्यानमा राखेर राष्ट्रिय हितलाई सर्वोपरि राखेर लिनुपर्छ । संविधान र राष्ट्रिय हीत विपरित कुनैपनि सर्तहरुलाई स्वीकार गर्नु हुँदैन् । यसमा त दर्जन, दर्जन, दर्जनौ सर्तहरु छन् । फेरि एउटा कागजात मात्र होइन्, दर्जनौ कागजातमा समावेश गरिएको छ । १३ वटा कागजात त मैंले पनि समातें तर पढ्न भने पाएको छैन् । भनेपछि हरेक दस्तावेजमा लेखिएको के छ भने अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखि भन्ने वाक्य कतै छुटेको छैन् । प्रत्येक दस्तावेजमा त्यो किन लेख्नुपर्यो, यो अत्यन्तै आत्मघाती कुरा छ र देशका नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात वा राष्ट्रघात हो ।’
यस्तै, उनले साना वा ठूला कुनैपनि देश वा संस्थासँग सम्झौता गर्दा दबाबमा गर्न नुहने भएपनि एमसीसीका प्रतिनिधिले यही आएर धम्काइसकेपछि देशका लालची नेताहरु लुरुक्क परेर सही गरेको बताए ।
उनले भने, ‘साना वा ठूला, कमजोर वा शक्तिशाली कुनैपनि देश वा संस्थासँग सम्झौता गर्दा दबाब, धाक र धम्कीसामू झुकेर गर्नुहुन्न । त्यो राष्ट्रिय आत्म समर्पणवाद हुन्छ । एमसीसीका प्रतिनिधित्वले यही आएर धम्काइसकेपछि हाम्रो देशका लालची नेताहरु लुरुक्क परेर सही गरेका हुन् । यो आत्म समर्पणवादी चिन्तनको परिणाम हो ।’
साथै, उनले एकाध व्यक्तिहरुको लहर, निजी स्वार्थ, गुट स्वार्थ र पारिवारिक स्वार्थका आधारमा समेत यस्ता सम्झौताहरु हुने गरेको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।