ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा
२०८२ भाद्र ०९ सोमवार
- कार्यक्रममा उनले शेर बहादुर देउवा र केपी ओलीले आलोपालो प्रधानमन्त्री चलाउने भनेर हप्तामा एक पटक सम्झनुको अर्थ नभएको बताएका हुन् ।
काठमाडौं: नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद छाड्छु भनेर भन्नुको कुनै अर्थ नभएको बताएका छन् । पद छाड्छु भनेर सम्झिरहनु जरुरी नभएको उनको भनाइ थियो ।
सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संङग्रहको विमोचन कार्यक्रममा उनले शेर बहादुर देउवा र केपी ओलीले आलोपालो प्रधानमन्त्री चलाउने भनेर हप्तामा एक पटक सम्झनुको अर्थ नभएको बताएका हुन् ।
उनले भने, ‘डर र लोभ दुई वटा कुराबाट हामी मुक्त नभई अगाडि बढ्न सक्दैँनौ । काङ्ग्रेस अहिले ०८४ को चुनावमा के हुन्छ भन्ने चिन्ताबाट मुक्त हुनुपर्छ । काङ्ग्रेस केबाट पनि मुक्त हुनुपर्छ भने अलि पछाडि प्रधानमन्त्रीको जिम्मेवारी आउँछ भनेर । ओलीले जुन कुरा भन्नु हुन्छ नि, हामीले बिर्सिए पनि सम्झाउनु हुन्छ । म छोड्छु छोड्छु भनिरहनु भएको छ । तर उहाँले छोड्नु हुन्छ कि हुदैँन् भन्ने कुराबाट मुक्त हुनुपर्छ ।’
यस्तै, उनले काङ्ग्रेसका कार्यकर्ताहरु आफ्नोभन्दा बढी अरुको बारेमा सोच्छु, चिन्ता गर्छु भनेर राजनीतिमा लागेपनि पछिल्लो समय राजनीतिक प्रतिस्पर्धा गर्दा गर्दा खिइएर आफ्नो र परिवारका बारेमा भन्दा त्यो भन्दा माथि गएर सोच्न नसक्ने अवस्थामा पुगेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।