निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं: मन्त्री पन्त
२०८२ भाद्र ०८ आइतवार
- एकदेखी चारसम्मका पाठ्यक्रम छापिरहेको जानकारी गराउँदै कक्षा चारको पाठ्यक्रम जनक शिक्षा सामाग्रीमा ल्याउन छलफल गरिरहेको बताएका हुन् ।
काठमाडौं: शिक्षामन्त्री रघुजी पन्तले निजी क्षेत्रले छापिरहेको कक्षा चारको पाठ्यक्रम वा पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीमा ल्याउन प्रयत्न गरिरहेको बताएका छन् ।
आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले कक्षा एकदेखी चारसम्मका पाठ्यक्रम छापिरहेको जानकारी गराउँदै कक्षा चारको पाठ्यक्रम जनक शिक्षा सामाग्रीमा ल्याउन छलफल गरिरहेको बताएका हुन् ।
उनले भने, ‘अहिले प्रचलन के छ भने एक कक्षादेखी चार कक्षासम्मको किताब निजी क्षेत्रलाई छाप्ने अरु किताब चाहीं जनक शिक्षा सामाग्रीले छापिरहेको छ । त्यहाँ हामीले छलफल गरिरहेका छौ । एक, दुई, तीन, चारमा चार कक्षा चाहीँ सरकारमा ल्याऔँ । एक, दुई, तीन चाहीं उनीहरुको नघटाई दिउ ।’
मन्त्री पन्तले पहिले जनक शिक्षाले छाप्न नसक्दा निजी क्षेत्रले छापिरहेको र उनीहरुले मेसिनहरुको आपूर्ती गरिरहेको भन्दै यसमा केही जटिलता आए मन्त्रालयमा छलफल गरिने समेत बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’