जसपाले पुराना मन्त्रीलाई फिर्ता बोलायो, नयाँ मन्त्री पठाउने निर्णय

२०८२ भाद्र ०८ आइतवार
सारांश
  • सरकारमा रहेका मन्त्रीहरु प्रदीप यादव र नवलकिशोर सुडीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ नाम सिफारिश गरेको हो ।

काठमाडौं: अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको छ ।

 

शनिबार बसेको पदाधिकारी बैठकमा अहिले सरकारमा रहेका मन्त्रीहरु प्रदीप यादव र नवलकिशोर सुडीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ नाम सिफारिश गरेको हो ।

 

सरकारमा पठाउने बेलामा नै एक वर्षका लागि भनेर पठाएकोले अहिले सरकारमा भएकाहरुलाई राजीनामा दिन अशोक राईले निर्देशन दिएका छन् । दुवै मन्त्रीलाई यही भदौ ११ गतेभित्रै राजीनामा दिन राईले निर्देशन दिएको बताइएको छ । भदौ ११ गतेभित्रमा पनि राजीनामा नआए सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीहरु फिर्ता बोलाउने पदाधिकारीको निर्णय गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार